टोकियो/जापान । आजकालका जापानी युवाहरुले विगतका पुस्ताहरुको तुलनामा रक्सीको सेवन घटाएको,तथा पिउँदै नपिउनेहरुको संख्या बढेको भन्दै जापानी सरकारी निकायले चिन्ता व्यक्त गरेको छ ।
हालसालै जापानको राष्ट्रिय कर एजेन्सीले सार्वजनिक गरेको एक विवरण अनुसार आजकालका पर्याप्त मात्रामा रक्सी पिउँदैनन्। एक स्वतन्त्र अध्ययन अनुसार, जापानका लगभग आधा युवा वयस्कहरू दैनिक पिउने बानी पनि गर्दैनन्।
केही मानिसहरूले यसलाई राम्रो कुरा मान्न सक्छन् किनभने यसले स्वस्थ र अधिक उत्पादनशील मानिसहरूलाई कुनै कारण बिनानै बरालिने सम्भावना कम हुन्छ। तर रक्सी तथा रक्सी जन्य पदार्थहरुको बेचबिखन जापानको मुख्य आयस्रोत मध्ये एक हो ।
यसबाट वार्षिक निकै ठूलो मात्राॉा कर संकलन हुने गर्दछ । सरकारको ठूलो आयस्रोतको रुपमा रहेको रक्सी पिउने मानिसहरु घट्दै जाँदा सरकारी आम्दानी पनि घट्दै गएको छ । परिणामा सरकारी निकायको यसतर्फ चासो बढेको देखिएको छ ।
जापानको सरकारी निकाय राष्ट्रिय कर एजेन्सीले भनेको छ , “धेरै पिउनुहोस्, ताकि हामी तपाईंको पैसा करकारुपमा प्राप्त गर्न सक्छौं!”सरकारले यसो भनिरहँदा पनि पिउने मानिसहरु खासै बढिरहेका छैनन् ।
त्यसैले राष्ट्रिय कर एजेन्सीले मदिरा जन्य पदार्थहरुको विक्री वतरण बढाउन सर्वसाधारण जनताका लागि मार्केटिङ नयाँ योजनाहरु सुरुवात गरेको छ । सेप्टेम्बर ९ सम्म २० देखि ३९ वर्ष बीच प्रतियोगितात्मक बजारीकरण योजना सार्वजनिक गरिएको छ ।
साके विवा(サケビハ)नाम दिएर सक्दो धेरै पिउनुहोस भन्ने बजारीकरण गरिरहँदा, यो कदमलाई सामाजिक संजालमा धेरैले आलोचना पनि गरिरहेका छन् । पहिले/पहिलेका जापानीहरुमाझ मदिरा जीवनशैली भएता पनि आजकल बढ्दो महंगी,बढ्दो स्वास्थ्य चेतना लगायतका कारण मदिरा जीवन शैली/संस्कारबाट विस्तारै विलासी तथा ऐच्छिक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




