जापान । समय परिवर्तनकारी छ,यहॉहरूको सही समयलाई साथ दिन आफ्नो सहि,गलत,व्यस्थ र अमुल्य समय खर्चेर हजुर बुबाहरू,हजुरआमाहरू,बाहरू, आमाहरू,दाईहरू,दिदीहरू भाईहरू लगायत सबै-सबै लागी पर्नु भयो । आफ्ना कामहरू छोडेर अघि पछि दौडनु भयो ।त्यसको एउटै मात्र कारण हो थकाई!यस्तो थकाई जो कोहीको सुस्केरा निस्कियो ।
राजनीतिको खोल ओडेर आफ्नै स्वार्थको घैला भर्नेहरू संगको थकाई,कानुनको पाखी भित्र अपराधीलाई छुट र पिडीतलाई सडक उपहार दिनेहरू संगको थकाई,देश र स्वाभिमान बेचेर भएपनि सत्ता र शक्तिमा टिकी राख्न चाहनेहरू संगको थकाई, मागेर पेट र खाता भरेकाहरू, ऋणको भारीले सिर निहुर्याउन बाध्य बनाउनेहरूसंगको थकाई, सडक, कार्यालय, संस्थान, स्कूल, कलेज, मन्दिर भ्रष्टाचार र अनियमितताको थकाई ।
कति कति किताबै तयार गर्दा पनि नमेटिने थकाई!पानी पर्दा सडकहरू रून्छन् ।न्यायका लागी निर्दोष छोरी चेलीहरू रून्छन् ।बिडम्बना हिजोका बबी चप्पलेहरू चिल्ला गाडीमा गुड्छन् अनि यिनै चप्पलेहरू हाम्रै रगत र पसिना हसुर्छन् ।
समयका दाईहरू यस्तै बिसंगती, अन्याय, अत्याचार, भ्रष्टाचार र क़ानून भन्दा माथी बसेर होक्का गरेका साढेहरूको सिंग भाच्न सकिन्छ कि भनेर जनताले चुनेका सिड्गो देशलाई प्रतिनिधित्व गर्ने प्रतिनिधि पात्र हो तपाईहरू । हातेमालो गर्नुको साटो सामाजिक संजालमा दोहोरी खेल्दै हुनुहुन्छ ।
टुक्का र लय नमिलेको यहॉहरूको दोहोरी सुन्दा यहॉहरूसंग आशा लगाएर बसेका म जस्तै लाखौ करोडौको भरोसाको टेको भाचिने पो हो कि भन्ने डरले सताएको छ । यो कहि उहि पुरानो अभ्यास त होईन भन्ने आशंका उठ्नु पनि स्वभाविक हो जस्तो लाग्छ । यदि यो अवसरवादीको चाल हो भने बुझ्न जरूरी छ ।
यदि होईन भने तँ भन्दा म के कम लाई छाडेर हात , साथ र बुद्धि मिलाएर अघि बढ्नुहोस् भन्ने अनुरोध छ । पक्कै पनि तपाईंहरूले टेकेका प्रत्यक पाईलाहरू कॉडा र सिसाले भरिएका छन् तर तपाईंहरूलाई थाक्ने र बिचलित हुने अधिकार र छुट छैन । यो यहॉहरूले रोजेको बाटो हो । बाटाहरू सबै सजिलै हुन्छन् भन्ने कहॉ छ र ?
फ़ोटोकपि मेशिन आबिस्कार गर्दा चेस्टर कार्सनले परिवार छोडेका थिए भने निकोला टेस्लाले कहिल्यै बिवाह गरेनन् । यहॉहरूको मेहेनत र त्याग पक्कै खेर जाने छैन । रात पछिको दिन, पानी पछिका घाम सुनौला हुने गर्छन्। समयका दाईरू त पक्कै हुनुहुन्छ , अब बुद्धीको दाईहरू बन्ने कि नबन्ने तपाहरूको हातमा ।
हामी त यसै पनि राजनीति भन्दा लाजनिती, काजनिती, भ्रष्टनिती,चोरनिती, अवसरनिती, ठिक्कनिती, मपाइत्यनिती आदि इत्यादिमा बानी परि सकेका मान्छे रूपि मान्छे न हौं !
दीपेन्द्र पोखरेल, जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




