जापान। जापानको क्युशु युनिभर्सिटीले सार्वजनिक गरेअनुसार,पारिस्थितिक प्रणालीमा सम्भावित प्रभाव पार्ने आक्रमणकारी एलियन प्रजातिका रूपमा तोकिएका अरिंगालको विशेष प्रजाती ५० भन्दा बढि फेला परेको छ ।

त्यस क्षेत्रमा उक्त प्रजातीको अरिंगालको गुँड(गोला)हुनसक्ने भन्दै पहिचान तथा नष्ट गर्ने कार्य अगाडी बढाईएको बताईएको छ । यस वर्षको अप्रिलको अन्त्यदेखि मेको शुरुवातसम्म, हिगाशी-कु, फुकुओका सिटी र हिसायामा-चोमा सो प्रजातीको एक-एक रानी अरिंगाल फेला परेको थियो, र पछि हिसायामा-चोमा एउटा भाले अरिंगाल रहेको पुष्टि भयो।

क्युसु युनिभर्सिटीका अनुसार यस महिनाको सुरुदेखि मध्यसम्म गरिएको सर्वेक्षणमा हिसायामा-चोमा १० भन्दा बढी त्यस एलिएन प्रजातीका अरिंगाल फेला परेका थिए । यसका साथै,हिसायामा-चो र छिमेकी सासागुरी-चोका छवटा स्थानहरूमा कुल ४० वा बढी यस्ता अरिंगालहरु देखिएको पुष्टि भएका थिए।

यो अरिंगाल स्थानिय अरिंगाल भन्दा सानो हुन्छ र यसको समग्र रंग गाढा हुन्छ। यिनीहरू आक्रामकता र विषाक्तताका हिसाबले स्थानिय अरिंगालभन्दा फरक नभए पनि ‘निर्दिष्ट एलियन प्रजाति’ भनी तोकिएका छन् जसको प्रजनन र ढुवानीलाई सिद्धान्तमा निषेध गरिएको छ किनभने यिनिहरुले मौरीलाई आक्रमण गर्छन् र पारिस्थितिक प्रणाली र माहुरीपालन उद्योगलाई असर गर्छ।

क्युसु विश्वविद्यालयले नजिकै २/३ वटा गुँड(गोला)रहेको विश्वास गर्दै ‘यसै क्रम जारी रहेमा क्युसुको मुख्य भूमिमा पक्कै बसोबास गर्ने’ भन्दै गुँड पहिचान गरी तत्काल नस्ट गर्ने निर्णय गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार