टोकियो/जापान। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले कोरोनाभाइरस संक्रमण रोकथामको उपाय मध्येको एक मानिएको एन्टिजेन परीक्षण किटहरू अनलाइन बिक्रीको लागि स्विकृती दिने संकेत गरेको छ ।

एन्टिजेन्ट परिक्षण किटको अनलाइन बिक्रीलाई मन्त्रालयको विज्ञ समितिले यसै साता अनुमोदन गरेको थियो। यो कदमले कुनै पनि समयमा घरबाट परीक्षण किटहरू अनलाईन अर्जर गरि प्राप्त गर्न मद्दत गर्नेछ ।

अहिले संक्रमणको महामारीका बीचमा अस्पताल र बाहिरी बिरामीहरु बढ्न गई स्वास्थ्य क्षेत्रमा निकै ठूलो दबाव देखिएको छ।यदि अनलाईनमै जापान सरकारद्वारा मान्यता प्राप्त एन्टिजेन किटहरु किनेर परिक्षण गर्न सकिए स्वास्थ्य क्षेत्रको चाप पनि घट्नेछ ।

अहिले भईरहेको छलफलहरुका आधारमा यहि महिनाको अन्त्यतिरबाट जापानमा अनलाईनबाट नै एन्टिजेन्ट किटहरु किनेर घरमै कोरोना परिक्षण गराउन सकिने आँकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार