आईची/जापान । जापानको आईची प्रिफ्क्चर स्थित नागोया मुख्य रेल लाईनमा संचालन हुने रेलमा ठक्कर खाँदा १० वर्षिय बालकको निधन भएको छ। जापानी समाचारहरुका अनुसार, इनजावा सहरको मिएतेचुनागोया लाईनमा यस्तो घटना घटेको हो।

समाचार अनुसार,हिजो राती ८ः४५ बजे करिब प्राथमिक विद्यालयको विद्यार्थी जस्तो देखिने १० वर्षिय बालकको इनजावा शहरको मिएतेचु नागोया मेन लाइनमा रेलको ठक्करबाट मृत्यु भएको हो । प्रहरीका अनुसार रेल चालकले ट्र्याकमा कसैलाई उभिएको देखे र अकस्मात ब्रेक लगाए, तर ट्रेन ठोक्कियो, र ति बालको निधन भयो ।

दुर्घटना भएको लगत्तै घटनास्थल नजिकै बस्ने मृतकका बाबु मानिने एक व्यक्तिले बाल क घरबाट भागेको जानकारी दिएका थिए।यसबारे विस्तृत अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार