टोकियो/जापान । जापानको राजधानी टोकियोको मुटु शिवुया सहरमा आज साँझ २ जना मानिसहरु माथी धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुमान सहितका खबरहरु प्रकाशन भएका छन् ।

टोकियो महानगरीय प्रहरी विभागका अनुसार आज (२० तारिख ) बेलुका ७:३० बजे टोकियोको शिबुया वार्डमा एक जना यात्रीले ” बाटोमा केहि मानिसको रगत बगिरहेको छ” भनी प्रहरीलाई रिपोर्ट गरिदिएका थिए । ]

घाइते हुनेमा ५० वर्ष उमेर समूहकी आमा र १० वर्ष उमेर समूहकी किशोरी छोरी रहेका छन् । जसलाई चक्कुले प्रहार गरिएको अनुमान गरिएको छ । दुवै जना होसमै रहेका छन् ।

महानगरीय प्रहरी प्रभागले हत्या प्रयासको आशंकामा एक जना किशोरीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान गरिरहेको छ । यो घटना केइओ इनोकाशिरा लाइनको शिन्सेन स्टेशनको ५० मिटर उत्तरपूर्वमा घर तथा रेष्टुरेन्टहरू भएको बाक्लो वस्ती क्षेत्रमा घटेको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार