टोकियो/जापान । जापानमा कायम श्रम अभाव समाधान गर्ने ‘स्पेसिफाइड स्किल्ड वर्कर सिस्टम’ अन्तर्गत विदेशीलाई स्वीकार गर्ने कोटाका सम्बन्धमा सरकारले नयाँ कोरोनाको प्रभावका आधारमा रेष्टुरेन्ट तथा आवास उद्योगमा विदेशीको सङ्ख्या घटाउँदै, खाद्य तथा पेय पदार्थ उत्पादन अन्तर्गत फ्रोजन खाना र साइड डिश बनाउने उद्योगमा कामदार विस्तार गरिने भएको छ ।

श्रम अभावलाई समाधान गर्न जापान सरकारले ३ वर्षअघि ल्याएको ‘स्पेसिफाइड स्किल्ड वर्कर १’ को मान्यता पाएका विदेशीहरू नर्सिङ केयर र निर्माण जस्ता १२ क्षेत्रमा स्वीकृतिका लागि योग्य छन् र पाँच वर्षमा कुल संख्या ३ लाख ४० हजार जना विदेशी कामदारहरु भित्रिएका छन् ।

यो स्वीकृति कोटाका सम्बन्धमा सरकारले कोरोनाको प्रभावले आर्थिक स्थितिमा ठूलो परिवर्तन ल्याएकाले कुल संख्या परिवर्तन नगरी प्रत्येक क्षेत्रका लागि पुनरावलोकन गर्ने योजना बनाएको जापानी संचार माध्यम एनएचकेले एक प्रकाशन गरेको छ ।

संशोधित नीतिअनुसार विदेशी जनशक्तिको माग स्थिर रहनेछ । तर ‘रेष्टुरेन्ट उद्योग’ मा साविकको तुलनामा २० हजारभन्दा बढीले घटाएर ३० हजार जनाभन्दा बढी,‘आवास उद्योग’मा साविकको तुलनामा १० हजारभन्दा बढीले घटाएर १० हजारको हाराहारीमा कोटा निर्धारण गरिने भएको हो ।

यसका साथै , सेमीकन्डक्टरहरू इत्यादिको विश्वव्यापी मागमा भएको बृद्धिको कारण, “उत्पादन उद्योग” मा विदेशी मानव संसाधनको माग बढ्दै गएको छ, र यो संख्या लगभग २०,००० ले बढेर लगभग ५०,००० पुर्याईनेछ । समग्रमा,विदेशी कामदारहरुको माग संख्या नघटाई,कोरोना माहामारीका कारण माग घटेका क्षेत्रहरुको कोटा घटाउँदै अन्य उद्योगहरुमा बढाउने नीति लिएको बुझिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार