टोकियो/जापान । हिजो (२० तारिख) राति टोकियोको शिबुया वार्डमा ५० वर्षिया आमा र उनकी किशोरी छोरीलाई सडकमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएकी एक बालिकालाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ ।

ति पक्राउ परेकी किशोरी जुनियर हाई स्कूलको विद्यार्थी भएको पुष्टि भएको छ । अनुसन्धानको क्रममा, ति किशोरीले आफुलाई मृत्युदण्ड प्राप्त गर्न चाहेकाले अपरिचित आमाछोरीलाई चक्कु प्रहार गरी हत्या गर्न चाहेको बताएको प्रहरीलाई उदृत गर्दै एनएचकेले खबर प्रकाशन गरेको छ ।

प्रहरीले घटनाको विस्तृत विवरण अनुसन्धान गरिरहेको छ । हिजो साँझ ७ः३० बजे शिबुया कुको मारुयामा–चोमा ५३ वर्षीया आमा र १९ वर्षीया छोरीलाई सडकमा ढाड, पेट र हातमा छुरा प्रहार गरी घाईते बनाईएको थियो ।

लगिएको महानगरीय प्रहरीका अनुसार घटनास्थल नजिकै हिड्दै गर्दा दुवै जनालाई अचानक पछाडिबाट छुरा प्रहार भएको र दुवैको गम्भीर चोट निको हुन करिब तीन महिना लाग्ने देखिन्छ ।

यस घटनामा घटनास्थलबाटै हत्या प्रयासको आशंकामा पक्राउ परेकी बालिका साईतामा प्रिफेक्चरको तोदा सहरमा बस्ने १५ वर्षीय जुनियर हाईस्कुलकी किशोरी भएको पुष्टि भएको छ ।

महानगरीय प्रहरी विभागका अनुसार ती छात्राले दुई अभिभावकलाई नभेटेको र अनुसन्धानमा स्विकारेकी छिन्, ‘मलाई मृत्युदण्ड प्राप्त गर्न मन लाग्यो, त्यसैले मैले सडकमा फेला परेकी अभिभावक र बच्चालाई छुरा प्रहार गरेको हुँ” उनले प्रहरी बयानमा भनेकी छिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार