टोकियो/जापान। यहि २० तारिख राती ७ः३० बजेतिर टोकियोको व्यस्थ सहर शिवुया वार्डमा बाटोमा हिँडिरहेका २ आमाछोरीलाई पछाडीबाट अपरिचित किशोरीले चक्कु प्रहार गर्दा शख्त घाईते भई तुरुन्त अस्पत्ताल पुर्याईयो । जापानको राजधानी टोकियोमा साँझको बत्ति बल्ल नपाउँदै बाटोमा हिँडिरहेका बटुवामाथि यसरी ज्यानमार्ने प्रयास हुनु झट्ट सुन्दा अपत्यारिलो लाग्छ ।
तर अर्को कसैले घाईतेहरुको शरिरबाट रगत बगिरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिदिएपछि तुरुन्त घटना स्थलमा पुगेका प्रहरी तथा दमकल विभागले घाईतेहरुको उद्दार मात्रै होईन,घटनास्थलबाट रंगेहात एक किशोरीलाई संदिग्धको आशंकामा पक्राउ पनि गर्यो। प्रहरी अनुसन्धानबाट खुले अनुसार,५३ वर्षिया आमा र प्राथमिक विद्यालय अघ्ययनरत उनिकी किशोरी छोरीलाई कुनै डकैत गर्ने या पुर्व घटनाहरुको बदलाको लागि चक्कु प्रहार गरिएको थिएन ।
त्यतिमात्रै होईन त्यसरी चक्कु प्रहार गर्ने कुनै आपराधिक गिरोह तथा लुटेराहरु पनि थिएन । हो,प्रहरीका अनुसार तिनै घटनास्थलबाट पक्राउ गरिएकी १५ वर्षिय किशोरीले बाटोमा हिँडिरहेका अपरिचित आमाछोरी माथी चक्कु प्रहार गरेकी हुन् । उनले दिएको बयानहरुले जापानमा बसोबास गर्ने जो कसैले पनि विशेष सतर्क हुनुपर्ने परिस्थितिको संकेत गरेको छ ।
महानगरीय प्रहरीका अनुसार सुरुमा, ति युवतीले आफुले मृत्युदण्ड चाहेकाले जसलाई भएपनि मार्न चाहेको बयान दिएकी थिईन् । थप अनुसन्धान गर्दै जाँदा, थप अपत्यारिलो बयान दिएकी छिन् । ती संदिग्ध छात्राले पछिल्लो बयानमा भनिन्, ”म मेरो परिवारलाई मार्न चाहन्थें, र त्यो भन्दा पहिले, मान्छेहरू साँच्चै मर्छन् कि मर्दैनन् भनेर हेर्न चाहन्थें।”
जापानमा समय/समयमा रेलवे स्टेसन, प्लाटफर्म,रेलभित्रै तथा यसैगरी बाटोमा हिँडिरहँदा अपरिचित अपराधि मानसिकताका मानिसहरुले अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्ने घटनाहरु घट्ने गरेको खबरहरु सार्वजनिक हुने गर्दछन् । त्यसै जापान सुरक्षित देश हो भनेर ढुक्क हुनुअघि यस्ता सम्भावित अपत्यारिला आपराधिक घटनाहरु प्रति सावधानी अप्नाउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




