टोकियो/जापान। पछिल्ला समय चीन र जापानको सम्बन्धमा देखिएको,तिक्तासंगै जापानको सामुद्रिक क्षेत्रमा चीनियाँ घुसपैठहरु निरन्तर बढ्दै गएको छ । यसले कुनै पनि समयमा चीनले जापान माथी आक्रमण गर्न सक्ने भन्दै सम्भावित आक्रमणको जवाफका लागि जापानले लामो दुरीको क्रुज क्षेप्यास्त्र तैनाथ गर्नेबारे तयारी गरिरहेको केहि जापानी संचार माध्यमहरुले खबर प्रकासन गरेका छन् ।

जापानको एक दैनिक पत्रिका योमिउरीको अनुसार जापानले १ हजार लामो दुरीसम्म मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र तैनाथ गर्न लागेको छ ।खबरका अनुसार जापानले हाल प्रयोग गर्दै आएका क्षेप्यास्त्रलाई नै सुधार गरी लामो दुरीको क्रुज क्षेप्यास्त्रमा परिणत गरिनेछ । यसअनुसार १ सय किलोमिटरसम्म मार हान्न सक्ने क्षेप्यास्त्रलाई १ हजार किलोमिटरसम्म मार हान्न सक्ने गरी सुधार गरिनेछ ।

मिसाईलहरु उत्तर कोरिया र चीनको तटीय क्षेत्रहरूमा समेत पुग्न सक्ने गरी,जापान सरकारले ग्राउन्ड सेल्फ डिफेन्स फोर्सले तैनाथ गरेको टाइप १२ सतहबाट जहाज निर्देशित मिसाइलको दायरा हालको १०० किलोमिटरबाट करिब १,००० किलोमिटरसम्म विस्तार गर्न काम गरिरहेको छ। जापानले परिमार्जित गरिएको ग्राउन्ड-लन्च संस्करणलाई निर्धारित समयभन्दा करिब दुई वर्ष अगाडि आर्थिक वर्ष २०२४ को शुरुमा नै लागू गर्ने लक्ष्य राखेको समाचारहरुले जनाएका छन् ।

पछिल्लो केहि सयम यता चिनियाँ नौसेनाका जहाजहरु पटक/पटक जापानको जलक्षेत्रभित्र घुसपैठ गरी जापानका माछामार्ने डंगाहरु तर्फ अघि बढ्ने गरेका छन् । ताईनवानको विवादका सन्दर्भमा फरक मत राख्ने जापानमा जोखिम बढेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार