जापान । जापानको होक्काईदो प्रिफेक्चरको पर्यटकिय सहर साप्पोरोको एक सपिङ मलमा बम विस्फोटनको धम्की आएपछि २१ तारिख आइतबार केही घण्टासम्म सपिङ मल खाली गरिएको समाचारहरुले जनाएका छन् ।

प्रहरीका अनुसार राति १२:२० बजे एक व्यक्तिले फोन गरेर हिगाशी वार्डको एरियो सपोरोमा बम राखिएको बताएको क्योदो न्यूजले जनाएको छ। त्यसपश्चात तत्काल हजारौं ग्राहक र कर्मचारीलाई बाहिर निकालेर प्रहरीले सपिङ मलभित्र बमको खोजी सुरु गरेको थियो।

झण्डै ३ घण्टासम्म खोजी गर्दा पनि प्रहरीले शंकास्पद वस्तु फेला पार्न नसकेको बताएको छ । एरियो सपोरोका प्रवक्ताका अनुसार मलमा कुनै पनि प्रकारको शंकाष्पद वस्तुहरु फेला नपरेपछि,४ घण्टाजति पछि पुनः सपिङ् मल संचालनमा आएको थियो ।

सपिङ मलमा कुनै अप्रिय घटना नभएता पनि झुटो विवरण दिएर, प्रहरी प्रशासन तथा सपिङ मलको दैनिक कार्यसम्पादनमा असर पुर्याएकाले उक्त सुचना दिने व्यक्तिबार् अनुसन्धान गरिरहेको बताईएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार