टोकियो/जापान। आज (अगस्ट २३ तारिख) जापानमा एकै दिन ३४३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । जापानमा एकैदिन यतिधेरै संक्रमितहरुको मृत्यु भएको महामारी सुरुभएयताकै पहिलो घटना हो ।

यसअघि जापान संक्रमित संख्या अधिक हुँदा पनि मृत्युदर भने निकै कम रहने मुलुकको रुपमा परिचित थियो । आज ओसाकामा ४२ जना,टोकियोमा २५ जना,कानागावामा २५ जना,साईतामा तथा फुकुओकामा १९/१९ जना,चिबामा १८ जना,आईचीमा १६ जना,ह्योगो तथा सिजुओकामा १३/१३ जना सहितको उच्च संख्यासंगै ४४ वटा प्रिफेक्चरहरुमा संक्रमितहरुको मृत्यु पुष्टि भएको छ ।

आज, संक्रमितहरुको संख्या भने २ लाख ८ हजार ५ सय ५१ कायम भएको छ । यो संख्या भने केहि कमी हो । यतिखेर जापानका सबैजसो प्रिफेक्चरहरुमा सिकिस्तै बिरामीहरुलाई पनि उपचार गराउने ठाउँ प्राप्त गर्न नसकिने अवस्था सिर्जना भएको छ ।

हालसम्म १ करोड ७५ लाख ५५ हजार भन्दा बढि मानिसहरुमा कोरोना संक्रमण भईसकेको छ भने त्यसमध्ये ३७ हजार ६ सय ६४ जना संक्रमितहरुको मृत्यु भएको छ ।यस्तै गरि संक्रमितमध्ये १ करोड ५२ लाख ५६ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार