जापान । देशमा बढ्दो बेरोजगारीको समस्या र न्युन पारिश्रमिकको अवस्थाले गर्दा आजभोलिका भाईबहिनीहरु +२ पास नगर्दै देश बाहिर अध्ययन गर्न जाने र आफ्नो उज्ज्वल भविष्यको सपना देखेका हुन्छन् ।
देशको कमजोर शिक्षा प्रणालीले गर्दा उच्च शिक्षाको लागि विदेश नै जानुपर्ने केहि बाध्यात्मक परिस्थिति पनि रहेको सहजै अनुमान लगाउन सकिन्छ। वर्षौँसम्म ठुलो मात्रामा धनराशि खर्चेर प्राप्त गरेको शैक्षिक प्रमाणपत्र पेश गर्दा समेत कुनै पनि किसिमको रोजगारी नपाएर खाडीमुलुकतिर हिड्नुपरेको आजका तमाम युवाहरुको बाध्यता रहेको छ।
यस्ता विभिन्न किसिमका समास्याको समाधानका लागि देशका उच्च तहमा रहेका नेता तथा शैक्षिक क्षेत्रका जिम्मेवार व्यक्तिहरुले गम्भिर रुपमा सोचेर बेलैमा नै सहि निर्णय नलिने हो भने दिर्घकालमा राष्ट्रले ठुलै क्षति व्यहोर्नुपर्नेछ।
पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुमध्ये अध्ययन तथा रोजगारीको लागि जापान पनि प्रमुख गन्तव्य भएको छ।युरोपियन देशको तुलनामा केहि सस्तो र सहज अवस्था भएको हुनाले पनि यतिबेला धेरै नेपालीहरुको रोजाईमा जापान रहेको छ।
एउटा विद्यार्थी जापान प्रवेश गर्दा केहि बैङ्क रकम, परिवारको आम्दानिको स्रोत र एक वर्षको कलेज शुल्क र ६ महिनाको होस्टेल शुल्क गरेर करिब १२/१३ (सरदर) लाख तिरेर जापान प्रवेश गर्न सक्द छन।
जापान प्रवेश गरिसकेपछि करिब २ वर्षसम्म भाषा कक्षा त्यसपछि २ वर्ष भोकेसनल कलेज तथा ४ वर्ष दाईगाकु अध्ययन पुरा गरेर कम्पनि खोजि प्रवेश गर्न सकिने व्यवस्था रहेको छ तर नेपालबाट स्नातक पासको शैक्षिक प्रमाणपत्र भएमा भाषा कक्षा सकेर पनि कम्पनी प्रवेश गर्न सकिनेछ।
अभिभावकको भुमिका तथा उत्तरदायित्व
अभिभावकहरुले आफ्नो छोराछोरीहरुले उच्च शिक्षा प्राप्त
सङ्गै उनिहरुको भविष्य सुरक्षित होस भन्ने चाहाना राखेका हुन्छन।यस्तै पछिल्लो समय जापानमा १२/१३ लाख तिरेर अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको संख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ।
प्रायहामी नेपालीहरु धेरैको पारिवारिक आर्थिक अवस्था न्युन भएको कारण ब्याजमा ऋण खोजेर भएपनि छोराछोरीहरुलाई अध्ययन गर्न पठाएका हुन्छौँ र कमाएर तिर्छ भनेर आशा पनि गरेका हुन्छौँ।
तर नेपालमा हुदाँ आफ्नो घरमा बुवाआमाले पकाएको खाना खाएर कलेज जानेआउने गरेको र कुनै पनि सीपमुलक काम नसिकी अध्ययन गरेकै भरमा सिधैँ विदेश अध्ययनमा जाँदा आर्थिक तथा अन्य विभिन्न किसिमका जिम्मेवारीको बोधले गर्दा पनि अत्यन्तै जटिल अवस्था सिर्जना भएको हुन्छ। छिमेकीका छोराछोरीहरुले गरेको प्रगतिको आधारमा आफ्नो छोराछोरीहरुको व्यक्तिगत क्षमता र रुचि नबुझि विदेश अध्ययनको निर्णय तय गर्नु पनि भविष्यको लागि घातक हुन सक्दछ किनभने पछिल्लो समय जापानमा नेपाली विद्यार्थीहरुको बढ्दो आत्महत्याको प्रमुख समस्याको रुपमा आर्थिक समस्या सङ्गै अपरिपक्व उमेरलाई पनि लिन सकिन्छ। कलिलै उमेरमा बढि आर्थिक जिम्मावारीको चापले गर्दा पनि मानसिक रुपमा बढि दबाब सिर्जना भएको हुन्छ।
हामीले हाम्रो देशमा भोगेको र देखेको परिवेश भन्दा जापान निन्तान्तै फरक र दैनिकी उपभोग्य वस्तुहरुको मुल्य पनि सोचेको भन्दा महङ्गो हुने भएकोले जीवन थप कष्टकर भएको हुन्छ। त्यसैले अभिभावकहरुले देश बाहिर अध्ययन गर्न पठाउनु अघि यस कुरामा गम्भिर रुपले सोच्न जरुरी रहेको देखिन्छ।
आजभोलि केहि भाईबहिनीहरुले धेरै कुरा नबुझि विदेश अध्ययनको यात्रा निर्णय गरेको पनि देखिन्छ आफ्नो उद्देश्यलाई वेवास्ता गरि साथिभाईहरुको लहैलहै लागेर अघि बढेको पनि देखिन्छ ।
त्यसैले यस विषयमा छोराछोरीले लिएको निर्णयलाई अभिभावकले पनि एकपटक गभिर रुपमा सोच्न जरुरी रहेको हुन्छ। अध्ययन गर्न जाने देश अनि अध्ययनको क्षेत्रबारे पनि जानकारी लिन आवश्यक रहेको हुन्छ अन्य देशको तुलनामा जापानको अध्ययन अलिक फरक रहेको हुन्छ।
आएको करिब २ वर्ष जति भाषा कक्षा नै पढ्नुपर्दछ भने त्यसपछिको अध्ययन पनि धेरै जसो जापानीज भाषामा मै पढ्नुपर्नेहुन्छ।
त्यसैले जापानको अध्ययन पुरा गरेपछि जापानमै रहेर रोजगार तथा व्यवसायको लागि उपयुक्त मानिन्छ तर त्यहि शिक्षाको योग्यता स्वदेश तथा अन्य देशमा लिएर जाँदा त्यति नै उपयोगि नहुन पनि सक्दछ।
धेरै विद्यार्थीहरु कन्सलटेन्सीको माध्यमबाट आउने गर्दछन तर धेरैजसो जापानको अध्ययनबारे पुर्ण जानकारी नभएका पनि हुने गर्दछन।
जापन एउटा सुन्दर भविष्य निर्माण गर्ने देश हो तर हरेक व्यक्तिमा धैर्यताका साथ लगनशिल भएर सङ्घर्ष गर्न सक्ने क्षमता भने हुनैपर्दछ। विशेषगरी विद्यार्थीहरुको लागि त सुरु देखिनै भाषाको लागि मिहिनेत गरेर अध्ययन गर्न सक्ने हो भने सेनमोन गाक्कोउ तथा दाईगाकुको अध्ययन पछि राम्रा राम्रा कम्पनीहरुबाट नै कामको लागि अवसरहरु पनि आउने गर्दछ।त्यसैले सुरु देखि नै भाषालाई विशेष प्राथमिकता दिएर अध्ययन गर्न जरुरी रहेको हुन्छ।
तर यहीँ ठाउँमा सुनौलो भविष्य खोज्दा खोज्दै कमजोर मनस्थितिको कारण कैयौँ व्यक्तिहरुले अकालमै आफ्नो प्राण त्याग गरेका पनि छन। कुनै पनि बाटोमा पाइला अगाडी बढाउनु भन्दा पहिले आफुले आफैँलाई राम्रोसङ्ग चिनेर अघि बढ्न जरुरी रहेको हुन्छ र अभिभावकले पनि आफ्नो सन्तानको बारेमा उसको क्षमता, रुचि तथा व्यवहारको बारेमा सबै कुराहरु बुझेर मात्र अघि बढ्नुपर्दछ फलस्वरुप छोराछोरीहरुको विदेश अध्ययन सङ्गै भविष्य पनि सुरक्षित हुन पुग्दछ।
“ कठिन परिस्थितिको बाबजुद पनि सङ्घर्ष गर्न सिक्नु नै हरेक व्यक्तिको सफलताको आधारस्तम्भ हो”
मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




