टोकियो/जापान । जुलाई ८ तारिख पूर्वप्रधान मन्त्री आबेको गोली हानी हत्या भएको हिजो ४५ दिन पुग्यो । हिजो नै आबे हत्या काण्डमा सुरक्षा निकायहरुको कमीकमजोरी तथा प्रभावकारीता बारे गरिएको छानबिनको रिपोर्ट सार्वजनिक भएको छ ।

घटना,घटेको दिनदेखि नै अप्रभावकारी सुरक्षा व्यवस्थाका कारण घटना घटेको भनेर बहसहरु भईरहँदा रिपोर्ट पनि त्यसैको पेरिफेरिमा सार्वजनिक भएको छ । यस घटनामा आफुहरुहरुबाट आबेको सार्वजनिक सुरक्षामा आवश्यक सतर्कता अप्नाउन नसकेको स्विकार गर्दै,सुरक्षा निकाय प्रमुखहरुले राजिनामा घोषणा गरेका छन् ।

जापान प्रहरी प्रमुख नाकामुरा ईतारुले हिजो एक पत्रकार सम्मेलनमा आफुले जिम्मेवारी स्विकार गर्दै पद त्याग गर्ने बिचार गरेको बताएका थिए भने,घटना घटेको नारा प्रिफेक्चरका प्रहरी प्रमुख ओनिजुका तोमोआकीले हिजो नै राजिनामा दिएका छन् ।

हिजो सार्वजनिक भएको छानबिन प्रतिवेदनमा सुरक्षामा खटेको सुरक्षाकर्मीहरुको गम्भिर सुरक्षा त्रुटी देखिएको छ । राजिनामा दिएको घोषणा गर्दै पत्रकार सम्मेलनमा ओनिजुकाले प्रस्तुत गरेको वक्तव्य यस्तो थियो । म ओनिजुका, नारा प्रीफेक्चरल प्रहरी मुख्यालयको प्रमुख हुँ ।

आज यस पत्रकार सम्मेलनमा सामेल हुनुभएकोमा धेरै धेरै धन्यवाद। यस वर्षको जुलाई ८ मा किन्तेचु यामातो-साइदाइजी स्टेशनको उत्तर तर्फको रोटरी नजिकै आफ्नो चुनावी भाषणको क्रममा गोली हानेर मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनप्रति म फेरि पनि गहिरो समवेदना प्रकट गर्न चाहन्छु।

शोक सन्तप्त परिवार र अन्य धेरै व्यक्तिहरूलाई हार्दिक समवेदना ! साथै, यस घटनाको कारणले प्रिफेक्चरका बासिन्दा र आम जनता लगायत जापान तथा विदेशमा रहेका धेरै मानिसहरूमा पर्न गएको ठूलो चिन्ताको लागि म हृदयदेखिनै क्षमायाचना गर्न चाहन्छु। यस पटक,नारा सहरमा चुनावी प्रचारको क्रममा गोली हानी पुर्व प्रधानमन्त्री आबेको हत्या भएको छ ।

प्रिफेक्चरल प्रहरीको हैसियतले आवश्यक संयन्त्र स्थापना भई सुरक्षा गार्ड राख्दा पनि घटना घटेको हो, म आफ्नो जिम्मेवारीप्रति सचेत छु । परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै, मैले राष्ट्रिय सार्वजनिक सुरक्षा आयोग र राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्तलाई राजीनामा स्विकृत गरिदिन अनुरोध गरें र आज मैले उनीहरूको स्वीकृति पाएको छु।

यस घटना भएदेखि, राष्ट्रिय सार्वजनिक सुरक्षा आयोग र राष्ट्रिय प्रहरी एजेन्सीले प्रमाणीकरण र समीक्षा सञ्चालन गरेको छ, र आज, हामीले हेर्यौ कि सुरक्षा सुदृढ गर्ने उपायहरू, सुरक्षा भविष्यवाणी गर्ने प्रणाली सहित, संकलित गरिएको छ।

यो घटनालाई रोक्न नसकिएकोमा हामी गहिरो दु:ख व्यक्त गर्दछौं, र नारा प्रिफेक्चरल प्रहरीको हैसियतमा प्रस्तुत गरिएका विभिन्न उपायहरू तत्काल र स्थिरताका साथ कार्यान्वयन गर्दै नयाँ सुरक्षा प्रणाली निर्माण गर्ने वाचा गर्दछौं।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार