टोकियो/जापान । आउँदो सेप्टेम्बर ८ तारिख अर्थात् एप्पलले आईफोन १४ सिरिज अन्तर्गतका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले एप्पलको लोगो सहितको भिडिओ सार्वजनिक गर्दै सेप्टेम्बर ८ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो ।

यसअघिसम्म विभिन्न सञ्चार माध्यमले आईफोन सार्वजनिक हुने मितिको विषयमा आँकलन लगाउँदै आएका थिए । अन्ततः कम्पनीले सेप्टेम्बर ८ मै आईफोन १४ सिरिजमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने जानकारी दिएको हो । आईफोन सिरिज एप्पलको सबैभन्दा उत्कृष्ट प्रडक्टको रुपमा लिइन्छ ।

यो सिरिजका फोन कम्पनीकै सबैभन्दा बढी बिक्री हुने उपकरणमा पर्छ ।त्यो हुँदा पनि नयाँ आउने आईफोन १४ कस्तो हुनेछ र त्यसमा के-कस्ता फिचर उपलब्ध हुनेछन् भन्ने विषयमा धेरैलाई चासो छ ।

कम्पनीले कार्यक्रमको विषयमा जानकारी दिए पनि उक्त दिन कुन–कुन डिभाइस सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । तर, पनि आईफोन १४ सिरिजमा तीन ओटा स्मार्टफोन, म्याक, लो–इन्ड तथा हाई–इन्ड आईप्याड र तीन ओटा एप्पल वाच मोडल सार्वजनिक हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार