टोकियो/जापान।गत महिना गोली हानी हत्या गरिएका पुर्वप्रधानमन्त्री आबेको राजकिय अन्त्येष्टिका लागि,जापानको मन्त्रिपरिषद्ले शुक्रबार २४ करोड ९० लाख येन विनियोजनलाऊ अनुमोदन गरेको छ ।

राज्यको सम्पत्तीको दुरुपयोग हुने भन्दै नागरिक समुहका मानिसहरुले अदालती प्रकृयासम्म पुग्दा पनि अन्ततः सरकारले खर्च विनियोजनलाई अनुमोदन गरेको हो । आबेको राजनीतिक विरासत तथा विभिन्न स्क्यान्डलहरुलाई लिएर जनतहरु विभाजित भएकाले सेप्टेम्बर २७ मा अन्त्येष्टि गरिने समयमा मन्त्रिपरिषद्ले मन्त्रालय र सम्बन्धित निकायहरूलाई शोक व्यक्त गर्न आग्रह गर्ने कुनै योजना रहेको बताईएको छ ।

आबे सत्तारुढ दलको चुनावी प्रचारको क्रममा मारिएको तथा समर्थकसंगै विरोधीहरु पनि विगतदेखिनै रहँदै आएकाले सरकारले उनलाई शोक व्यक्त गर्नका लागि आम नागिरक तथा सरकारी निकायलाई बाध्य पार्न नमिल्ने तर्कहरुमाथी बहस भईरहेका छन् । त्यसैलाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको बुझिएको छ ।

सरकारको आर्थिक सन २०२२को बजेटको संचिती कोषबाट आउँदो सेप्टेम्बर २७ ,टोकियो बुदोउखानमा गरिने अन्त्येष्टि समारोहका लागि पूर्णरूपमा वितरण गरिने रकममा निप्पोन बुदोउखान हल स्थल स्थापना गर्न आवश्यक रकम रहेको छ । आबेको राजकिय अन्त्येष्टि सन १९६७ मा पूर्वप्रधानमन्त्री योशिदा सिगेरुको पछि त्यसभन्दा पनि भव्य हुने अनुमान गरिएको छ ।

त्यस समयमा करिब ६ हजार मानिसहरु सहभागी फएकोमा यस पटक ६४०० जना मानिसहरुले भागलिने आँकलन गरिएको छ। यद्यपी, राज्यको पुर्ण लगानीमा आयोजना हुने यस समारोहमा ५६ प्रतिशत नागरिकहरुको असहमती रहेको क्योदोको एक सर्वेक्षणले देखाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार