टोकियो/जापान। जापानले आफ्नो अर्थतन्त्रको आकार बढाउने लक्ष्य राखेको छ । उत्पादन र स्रोतहरूको पुन: प्रयोग गरेर कार्बन उत्सर्जन घटाउँदै सन २०३० सम्ममा अर्थतन्त्रको आकार ८० ट्रिलियन येन पुर्याउने लक्ष राखेको छ ।

हाल कायम ५० ट्रिलियन येन मूल्यको आफ्नो घरेलु अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र सामान तथा सामग्रीको पुन: प्रयोग गरेर दिगो आर्थिक अभ्यासहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रधानमन्त्री किशिदा फुमिओको सरकारले सन् २०५० सम्ममा कार्बन न्यूट्रल समाज हासिल गर्ने प्रयासलाई तीव्रता दिइरहेको छ ।

स्रोतका अनुसार यसका लागि पहलस्वरुप ग्लोबल वार्मिङ्को प्रमुख कारक कार्वनडाईअक्साइड उत्सर्जन कम गर्ने उदेश्यले कच्चा पदार्थहरुको पुन: प्रयोग गर्ने र प्रयोग गरिएका सामानहरू वितरण गर्ने लगायतका उपायहरु समावेश हुनेछ ।

यस उपाय अन्तर्गतको अर्थतन्त्रमा विभिन्न व्यवसायीहरुले एप्लिकेशनहरुको माध्यमबाट नयाँ व्यक्तिहरूले प्रयोग गरिएका सामानहरू र कपडा भाडामा बेच्न तथा पुनःप्रयोग गर्न सक्दछन् ।

वातावरण मन्त्रालयले आर्थिक सन २०२३ को लागि सरकारको प्रारम्भिक बजेटमा सम्बन्धित लागत विनियोजनका लागि अनुरोध गर्ने योजना बनाएको छ, र मन्त्रालयले निकट भविष्यमा परियोजनाको लागि समयतालिका समेत तयार गर्नेछ। स्रोतका अनुसार, समयतालिकाले बहुमूल्य र दुर्लभ धातुहरू दिगो रूपमा प्रयोग गर्नका लागि फोहोर इलेक्ट्रोनिक सब्सट्रेटहरू र फोहोर भण्डारण ब्याट्रीहरू – प्रयोग गरिएका साना घरायसी उपकरणहरूमा रहेका महत्वपूर्ण भागहरूको रिसाइक्लिंगको मात्रा दोब्बर गर्न आह्वान गर्नेछ । र सोही सोहि अनुसारको निति नियमहरु बनाउनेछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार