टोकियो/जापान। जापानका नेपाली समुदायमा परिचित टोकियोको कामतामा रहेको नेपाली रेस्टुरेन्ट चौतारोमा नेपालका चर्चित कलाकारहरुका साथ सांगितक कार्यक्रम आयोजना हुने भएको छ ।

चौतारो ग्रुपका अध्यक्ष केशव अधिकारीका अनुसार,जापान आईपुगेका सबै गायक/गायिकाहरु सहित विशेष सांगितिक कार्यक्रम आयोजना गर्न लागिएको हो । जानकारी अनुसार,यहि आउँदो सेप्टेम्बर २ तारिख शर्मिला गुरुङ् र पशुपती शर्माको विशेष प्रस्तुती रहनेछ ।

त्यस लगतै ५ तारिख राजु लामा विशेष कार्यक्रम हुनेछ भने अन्य कलाकारहरुसंगको कार्यक्रमको क्रमिकरुपमा मिति तय गरिनेछ। कार्यक्रमहरु तोकिएका दिनहरुमी साँझ ५ बजेपछि सुरु हुने बताईएको छ ।

जापानका नेपाली समूदायमा यतिखेर तीजको रमझमले छपक्कै छोपेको छ । पछिल्लो १ सातायाता विभिन्न स्थानहरुमा धमाधम तीज विशेष कार्यक्रमहरुको आयोजना भईरहेका छन् ।

तीज कार्यक्रमकै अवसरमा यतिखेर पशुपती शर्मा,बद्री पंगेनी,शर्मिला गुरुङ्, सम्झना भण्डारी तथा रोधी साझँका लागि आएका राजु लामा लगायतका थुप्रै चर्चित नेपाली कलाकारहरु जापानमा छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार