टोकियो/जापान। आज(२९ तारिख )बिहान टोकियोको तामा सहरमा रहेको एउटा घरमा आगलागी हुँदा ५० र ८० वर्षका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ । हाल महानगरीय प्रहरी महाशाखाले पहिचान पुष्टि गर्दै आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ ।

आज बिहान ७ बजेपछि तामा शहरको रेन्कोजीमा रहेको एउटा काठको दुईतले घरमा आगलागी भएको एक यात्रुले जानकारी दिए थिए ।टोकियो फायर डिपार्टमेन्टका अनुसार आगो निभाउने काममा २५ वटा दमकल र अन्य दमकलहरू संलग्न थिए र करिब साढे दुई घण्टापछि आगो निभाइएको थियो।

यो आगलागीबाट पहिलो र दोस्रो तल्लामा करिब ८० वर्ग मिटरसम्म जलेको थियो । घरको बार्दलीमा र दोस्रो तल्लाको कोठामा क्रमशः ५० र ८० वर्ष उमेर समूहका आमाछोरी जस्तो लाग्ने दुईजना महिलाको मृत्यु भएको पुष्टि भएको महानगरीय प्रहरी विभागले जनाएको छ ।

जानकारी अनुसार मृत्यु हुनेहरुमा आम छोरी रहेको र संगै बस्ने ज्वाईँ भने घरमा आगो लाग्दा काममा भएकाले बाँच्न सफल भएका छन् । घटना,केईयो लाईनको सिसेकी साकुरा गाओका स्टेशनको लगभग एक किलोमिटर पूर्वमा अवस्थित एक आवासीय क्षेत्र हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार