टोकियो/जापान । जापानको टोकियो गिन्जामा रहेको जापानमै पहिलो पटक खोलिएको एप्पल स्टोर हिजो (२८ तारिख)बाट बन्द भएको छ । केहि समय अस्थायीरुपमा बन्द भएर पुनःअर्को स्थानबाट संचालन गरिने बताईएको छ ।

एप्पल गिन्जा सन २००३ मा संचालनमा आएको थियो । यो संयुक्त राज्य बाहिर पहिलो पटक एप्पल स्टोरको रूपमा चिनिन्थो । भवनको पुनर्निर्माणको कामका कारण २८ तारिख राति ९ बजेबाट अस्थायी रूपमा बन्द गरी ३० गतेबाट फरक भवनमा सञ्चालन गर्ने एप्पल जापानले जनाएको छ ।

एप्पल जापान कम्तिमा दुई वर्ष भाडामा बस्ने अपेक्षा गरिएको छ।यो भवन जापानको नेश्नल स्टेडियम बनाउने काममा पनि सहभागी भएका केन्गो कुमा द्वारा डिजाइन गरिएको थियो । अहिले पुरानो भएकाले पुनर्निर्माणका लागि एप्पल स्टोर बन्द गर्नुपरेको हो ।

अब संचालनमा आउने भवन यो १२ तला वा सोभन्दा बढी अग्लो भएको जापानको पहिलो आगो प्रतिरोधी काठको भवन हो। जापान एप्पलका उत्पादनहरु सबैभन्दा धेरै बिक्री/वितरण हुने देशको सुचीमा अग्रभागमा रहँदै आएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार