टोकियो/जापान। गत जुलाईमा नारा सहरमा चुनावी सभा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री आबेको गोली हानी हत्या भएपछि यहि अगस्ट ३० बाट कार्यन्वयन हुनेगरि दिएका नारा प्रिफेक्चरल प्रहरी मुख्यालयका प्रमुख तोमोआकी ओनिजुकाले नारा प्रीफेक्चरल कमिटीको बैठकमा पुन एक पटक गहुरो दुख व्यक्त गर्दै,क्षमयाचना गरेका छन् ।

२९ तारिख प्रिफेक्चरल सभाले गत जुलाई ८ मा नारा शहरमा भाषण गर्ने क्रममा पूर्वप्रधानमन्त्री आबेको गोली हानी मृत्यु भएको घटनालाइ सम्बोधन गरेको थियो । सोही अवसरमा ओनिकाजुले सुरक्षा निकायबाट भएको त्रुटीमा आफ्नो जिम्मेवारी स्विकार गर्दै फेरि क्षमयाचना गरेका हुन् ।

राष्ट्रिय प्रहरी एजेन्सीको अनुसन्धानको नतिजा प्राप्त भएपछि राजीनामा दिएका नारा प्रीफेक्चरल प्रहरी मुख्यालयका प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘हामी त्यस समयमा पूर्व प्रधानमन्त्री आबेको पछाडीको भागमा बाट हुनसक्ने सम्भावित आक्रमण तथा हमला बारे पर्याप्त सतर्क थिएनौँ ।

जसका कारण हामीले त्यो हमला रोक्न सकेनौँ।मुख्यालयको प्रमुखको हैसियतमा त्यस्तो गम्भीर परिस्थिति निम्त्याउने मेरो जिम्मेवारीप्रति सचेत छु।” यसका साथै उनले भने “म प्रिफेक्चरका जनतामा ठूलो चिन्ता उत्पन्न गरेकोमा हृदयदेखि माफी माग्न चाहन्छु” ।

साथै,उनले भमे , ”नयाँ प्रमुखको नेतृत्वसंगै , सबै जिल्ला प्रहरी अधिकारीहरूले यो घटनालाई हृदयमा लिनेछन् र नारालाई जापानमा बस्नका लागि सबैभन्दा सुरक्षित ठाउँ बनाउन आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गर्नेछन्।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार