तोचिगी/जापान । गैरआवासिय नेपाली संघ क्षेत्रीय समिति तोचिगीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । संयोजक मंदिप क्षेत्रीका अनुसार,यहि अगस्ट २८ तारिख आईताबर,बिभिन्न शिलशिलामा नेपालबाट जापानको तोचिगी प्रिफेक्चरलाई कर्मथलो बनाएर बस्दै आएका नेपालीहरू दाजुभाई दिदिबहिनी संगको सहयोग,सद्भाव, भाईचारा बढाउने र हाम्रो देशको कला र संस्कृति बचाउ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा महिला दिदिबहिनीहरूको उपस्थिति निकै राम्रो थियो। दिदिबहिनीहरुको नाचगानले कार्यक्रम निकै रमाईलो भएको थियो । तोचिगी प्रिफेक्चरका बिभिन्न क्षेत्रमा बस्दै आउनु भएका दिदिबहिनीहरू बिचको मित्रता र परिचयात्मक सम्बन्ध अझ प्रगाढ होस भनि शुभकामना आदान प्रदान साथै दर खाने कार्यक्रम एक औपचारिक कार्यक्रम गरिएको सचिव उत्तम खनालले जानकारी दिए ।

कार्यक्रममा समितिका सल्लाहकार भवन गैर, युवा समाजसेवी श्याम खड्का उपसंयोजक संन्तोष घिमिरे, संयोजक मंदिप क्षेत्री र कार्यक्रम संयोजक सहकोषाध्यक्ष अनिल कुमार किसानले शुभकामना मन्तव्य राखेका थिए ।

तोचिगी लगाएत बिभिन्न क्षेत्रमा सक्रिय रूपमा कार्यक्रम र सहभागिता गर्दै आएको एनआरएनए क्षेत्रीय समिति तोचिगीले मातृभुमीमा परेको दुखको अबस्था होस या दुखी, निमुखा र दीर्घ बिरामीहरुको लागि सक्दो सेवा समेत गर्दै आईरहेको छ ।

कार्यक्रममा दिदिबहिनीहरूलाई निशुल्क दर खुवाऊने सम्पूर्ण खर्च समितीले ब्यवस्थापन गरेको थियो।निशुल्क दर कार्यक्रमका लागि समितीका संरक्षक बिकास बस्नेत, सल्लाहकार भवन गैरे र युवासमाजसेवी श्याम खड्काले स्वैच्छिकरुपमा आर्थिक सहयोग गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार