टोकियो/जापान। पछिल्लो एक सातामा ५,०९७ जना आकस्मिक बिरामीहरुलाई तुरुन्तै अस्पताल भर्ना गर्न सकिएको छैन । यानेकी जापानमा कोरोना संक्रमणका कारण कुनै पनि प्रिफेकेचरका अस्पत्तालहरु खाली छैनन् ।

तत्काल अस्पत्ताल भर्ना गरी सघन उपचार गराउनुपर्ने अवस्थाका हज्जारौँ बिरामीहरु घरमै पालो कुरेर बस्न बाध्य छन् । यो क्रम हरेक साता जसो बढिरहेको छ । आन्तरिक मामिला र सञ्चार मन्त्रालयको अग्नि तथा प्रकोप व्यवस्थापन एजेन्सीको रिपोर्ट अनुसार यस पटकको महामारीमा धेरै बिरामीहरु उपचार पाउनबाट बञ्चित भएका छन्।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयको अग्नी तथा प्रकोप व्यवस्थापन एजेन्सीले प्रिफेक्चरल राजधानीको अग्निनियन्त्रक मुख्यालय सहित देशव्यापी ५२ फायर फाइटिंग एजेन्सीहरूलाई रिपोर्ट गरेको छ कि बिरामीको गन्तव्य निर्णय गर्नु अघि अस्पतालहरूलाई चार वा बढी पटक सम्पर्क गरिएको केसहरू थिए। पटक/पटक अस्पतालहरुमा फोन गर्दा पनि कहि कतै बेडहरु तत्काल पाउने अवस्था छैन ।

जापानमा यतिखेर कुनैपनि प्रकारको सिकिस्त बिरामी परेको खण्डमा तत्कालै भर्ना गराईहाल्न सक्ने अस्पतालहरु भेट्न अत्यन्तै कठिन छ । कोरोना संक्रमण दैनिक १ लाख ५० हजारभन्दा बढि रहेको जापानमा गम्भीर प्रकृतीका बिरमीहरु र उनिहरुको मृत्युदर बढिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार