टोकियो/जापान। पूर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या हुनुमा सुरक्षा निकायको पर्याप्त व्यवस्थापन नभएको रिपोर्ट सार्वजनिक भएसंगै नैतिकताको आधारमा पूर्व प्रहरी प्रमुख ईतारु नाकामुराले यहि अगस्त ३० मा राजीनामा दिए पश्चात चुयुकी यासुहिरोले नयाँ प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका छन् ।

गत जुलाईमा, पूर्व प्रधानमन्त्री आबेलाई नारा शहरमा गोली हानी हत्या गरिएको थियो। राष्ट्रिय प्रहरी एजेन्सीका पूर्व प्रमुख नाकामुराले जनताको मन परिवर्तन गर्ने प्रयासमा ३० गतेदेखि राजीनामा दिएका थिए।

३० तारिख बिहान राष्ट्रिय प्रहरी एजेन्सीमा आयोजित हस्तान्तरण समारोहमा पूर्व प्रमुख नाकामुरा नवनियुक्त प्रमुख चुयुकिले हस्तान्तरण कागजातमा हस्ताक्षर गरेका थिए । दुवैले पत्रकार सम्मेलन गरी राजीनामा र नियुक्तिको घोषणा गरेका थिए ।

जापानको नयाँ प्रहरी प्रमुख चुयुकी यासुहिरो सन १९८६ मा राष्ट्रिय प्रहरी एजेन्सीमा भर्ती भएका थिए । हाल उनि ५९ वर्षका छन् । उनले महानगरीय प्रहरी विभागको अपराध अनुसन्धान विभागको प्रमुख र राष्ट्रिय प्रहरी एजेन्सीको आपराधिक मामिला ब्यूरोको निर्देशकको रूपमा काम गरिसकेका छन् ।

अब उनको नेतृत्वमा जापान प्रहरी,यहु अगस्ट २५ मा घोषणा गरिएको सुरक्षा प्रमाणिकरण परिणामहरूको आधारमा, भिआईपीहरूको सुरक्षा कार्यको कडा समीक्षाको साथ अगाडि बढ्नेछ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार