टोकियो/जापान। सेप्टेम्बर ७ तारिखबाट जापान प्रवेश थप सहज हुने भएको छ । कोभिड संक्रमण भई घरमै आरम गरिरहेका प्रधानमन्त्री किशिदा नियमित काममा फर्किएसंगै गरिएको एक पत्रकार सम्मेलनमा बताए अनुसार सेप्टेम्बर ७ तारिखदेखि दैनिक ५० हजार जना यात्रुहरुले जापान प्रवेश गर्न सक्नेछन् ।
हालसम्म, कोभिड संक्रमण नियन्त्रणको प्रयास स्वरुप दैनिक २० हजार जना यात्रुहरुले मात्रै जापान प्रवेश गर्नसक्ने प्रावधान कामय छ । जापानमा कोभिड संक्रमण नघटेको भएता पनि महामारीका कारण तहसनहस अर्थतन्त्रलाई कुनै पनि उपायले पुनर्जीवित गर्ने प्रयासमा जापान सरकारले कोभिड नियन्त्रण उपायहरु खुकुलो बनाउँदै लगेको छ ।
सेप्टेम्बाट जापान सरकारले यात्रुसंख्या बढाउनुका साथै कोरोनाको ३ वटै खोप लगाएका यात्रुहरुले साथमा कोरोना खोप लगाएको प्रमाण भएको खण्डमा पिसिआर नेगेटिभ रिपोर्ट समेत देखाउनु नपर्ने गरी यात्रा सहज गराउँदैछ ।
लामो सयम सबै क्षेत्रहरु बन्द गरि,कोरोना रोकथाम गर्ने प्रयास गरेको जापान अन्ततः किशिदा सरकारको आगमन पश्चात यसलाई अन्य मुलुकहरुले अप्नाएकै मोडालिटीमा सामान्यकरण गर्ने बाटोमा अघि बढेको हो । जापानले अब सबै प्रकारका भिसा बाहकहरुलाई लगभग साविककै अवस्थामा जापान प्रवेश गराउने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




