जापान । सन् २०१९ मै नेपालले जापानसँग दक्ष कामदार पठाउनका लागि श्रम सम्झौता एमओसी (मेमोरेडम अफ कोअप्रेशन) गरेको थियो । तर, नेपालले गर्नुपर्ने काम गर्न नसक्दा कामदार पठाउनमा ढिलाइ भएको छ ।
कोअप्रेशन भनेपछि सरकारी निकायबीच समन्वय हुने भएकाले दुवै पक्षले गर्नुपर्ने कामका विषयमा एमओसीमा नै तोकिएको थियो । कस्तो खालको योग्यता र सीप चाहिने भन्ने पाटो जापानले हेर्ने भन्ने थियो । त्यही अनुसार जापानले अहिलेसम्म ५५ सय भन्दा बढी नेपाली कामदारको भाषा र सीप परीक्षण गराइसकेको छ ।
तर, नेपालले गर्नुपर्ने काम गर्न नसक्दा कामदार पढाउनमा ढिलाइ भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालको भनाइ छ । ‘त्यो सम्झौतामा सरकार र निजी क्षेत्रको भूमिका के कस्तो हुने ? त्यसको एकाउन्टबिलिटी कसको हुने ? जस्ता कुरामा मौन देखियो,’ डा. भुसालले भने, ‘त्यही भएर अहिले समस्या आयो ।
जापान सरकारले गर्नुपर्ने भाषा र सीप परीक्षण गराउँदै आएको छ । हाम्रो तर्फबाट अन्योल देखियो ।’ त्यो एमओसी एकदम राम्रो थियो, कामदारको पक्षमा थियो । तर, नेपालको तर्फबाट गरिएको ढिलासुस्ती र लापरबाहीले काम अघि बढ्न सकेन । ‘हाम्रा कामहरूका विषयमा हामी क्लियर हुन सकेनौँ । त्यसैले अहिले उनीहरू जापान जानबाट रोकिरहेका छन् ।
हामीले गरिदिन सकियो भने रोकिएकाहरू जान पाउनेछन्,’ उनले भने । नेपाल र जापानको संयुक्त समितिको पहिलो बैठकमा २०२० मा भर्चुअल माध्यममार्फत् भएको थियो । उक्त बैठकमा सामान्य छलफल भएको थियो । त्यसपछि कोरोना महामारीका कारण बस्न सकेन । केही दिन अगाडि मात्रै नेपालमा दोस्रो बैठक बस्यो ।
उक्त बैठकमा ४ बुँदामा छलफल भयो । अब तेस्रो बैठक जापानले गर्ने र त्यो बैठकमा थप कन्फ्युजनका विषय पत्ता लगाइ समाधान गरिने उनको भनाइ छ । सन् २०२० कै सेप्टेम्बरमा नेपाल र इजरायल सरकारबीच सम्झौता भएको थियो, जसलाई दुवै देशले एकदम्रै राम्रो मानेका छन् ।
‘त्यो भने एउटा एकदमै ब्रोड एग्रिमेन्ट थियो । अरू एग्रिमेन्ट भन्दा निकै राम्रो हो,’ भुसालले भने, ‘त्यो एग्रिमेन्ट भनेको घरको सिलिङ थियो । अबभित्र कोठा कस्तो बनाउने भन्ने कुरा दुवै देशको डिमाण्डमा भर पर्ने कुरा भयो ।’ सोही सम्झौताअनुसार पहिलो चरणमा नेपाली केयर गिभर इजरायल गएका छन् ।
इजरायलसँग एग्रिमेन्ट पनि जीटुजी मार्फत् नै गरिएको थियो । सोही एग्रिमेन्टलाई टेकेर कृषि क्षेत्रमा समेत पुनः एक हजार जना लैजाने भनेको छ, जसका लागि नेपालले गृहकार्य थालेको छ । त्यही एग्रिमेन्टको बेसिसमा रहेर थप डिमाण्डको आधारमा अगाडि बढ्न सकिने हुँदा उक्त सम्झौतालाई एकदमै राम्रो मान्न सकिने भुसालको भनाइ छ ।
नेपालले हालै बेलायतसँग पनि एमओयू गरेको छ, जुन अरूभन्दा फरक छ । उक्त सम्झौता एमओयू अन हेल्थ पर्सन भनेर राखिएको छ । त्यसको अर्थ स्वास्थ्य क्षेत्रका कामदार लैजाने गरी मात्र सम्झौता गरिएको हो। यदि अब अन्य क्षेत्रमा कामदार लैजान चाहेमा अर्को एमओयू गर्नुपर्ने हुन्छ ।
जबकि इजरायलसँग गरेको सम्झौताअनुसार भने अर्को सम्झौता गर्नु पर्दैन । ‘बेलायतसँग गरेको एमओयूले दायरा साँघुरो बनाइ दियो । यदि भोलि अरू क्षेत्रमा कामदार लैजाने हो भने एमओयू नै अर्को गर्नुपर्छ,’ भुसालले भने ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




