टोकियो/जापान। कच्चा पदार्थको बढ्दो मूल्य र येनको अवमूल्यनका कारण जापानका ठूला घरेलु उत्पादकहरूले यस वर्ष सबै जसो उत्पादनहरुको मूल्य वृद्धि गरिसकेका छन् ।

बाँकी रहेका केहि वस्तुहरुको मूल्य पनि यहि वर्षको अन्त्यसम्ममा बढाउने घोषणा गरिसकेका छन् । एक निजी क्षेत्रको अनुसन्धान कम्पनी तेईकोकु डाटाबैंकले गत महिनाको अन्त्यसम्ममा जापानका १०५ प्रमुख खाद्य र पेय पदार्थ उत्पादकहरूको सर्वेक्षण गरेको थियो।

उक्त सर्वेक्षणमा कम्पनीले मूल्य बढाउनको लागि चालेको कदमहरुको समेत विश्वेषण गरिएको थियो । उक्त सर्वेक्षण अनुसार लगभग८० प्रतिशतले यस वर्ष कच्चा पदार्थको मूल्य बढेको र येनको मूल्य निरन्तर घटेका कारण मूल्य बढाइसकेको वा वर्ष भित्र मूल्य बढाउने योजना बनाएको बताएका थिए ।

मूल्यवृद्धि भईसकेका तथा यहि वर्षभित्र मूल्य बढ्ने सामानहरू सहित २०,०५६ वस्तुहरु पुगेका छन् । जुलाईको अन्त्यमा गरिएको अघिल्लो सर्वेक्षणको तुलनामा १,५०० भन्दा बढी वस्तुहरूको मूल्य बढेको छ। यो बिचमा औसत मूल्य १४ प्रतिशतले मूल्य बढेको छ।

उक्त सर्वेक्षण अनुसार, यस महिना २ हजार ४ सय २४ वस्तुको भाउ बढाइनेछ भने अर्को महिना ६ हजार ५३२ वस्तुको मूल्य बढाइने छ । मूल्य वृद्धि भएका वस्तुहरुको प्रकार अनुसार हेर्दा,डिब्बाहरुमा प्याक भएका खाना, ह्याम र ससेज जस्ता ८,५३० प्रकारका “प्रशोधित खाद्य पदार्थहरू”को सबैभन्दा बढी मूल्य वृद्धि भएको थियो ।

त्यसपछि “सिजनिङ” अन्तर्गतका ४,६५१ वस्तुहरू, “मादक पेय पदार्थ र पेय पदार्थहरू” अन्तर्गत ३,८१४ वस्तुहरूका मूल्य बढेका छन् । मूल्य वृद्धिको यो लहर अर्को महिना थप चरम अवस्थामा पुग्नेछ । बिजुली र खाना पकाउने तेलको मूल्य उच्च रहन्छ भने अन्य वस्तुहरुको मूल्य वृद्धि पनि जारी हुन सक्छ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार