टोकियो/जापान । जापानको ठूलो र लोकप्रिय मध्येको एक कन्विनिएंस स्टोर फ्यामिलिमार्टले रोवोर्टको प्रयोग गरि थप व्यवस्थित बनाउने प्रयास गरेको छ । टोकियोमा हालसालै केहि , TX SCARA नामको रोबोर्ट फ्यामिलिमार्ट स्टोरको पछाडिको फ्रिजमा राखिएको पेय पदार्थहरुको सेल्फहरुमा पेय पदार्थहरुको व्यवस्थापनमा उपयोग गर्न थालिएको छ ।

सायद तपाईले पार्टटाईम या फूलटाईम काम गर्ने स्टोरहरुमा पनि उक्त रोबोर्ट प्रयोग गरिएको हुनसक्छ। हालसम्म मानिसले चिसो फ्रिजमा लामो समय बसेर मिलाउनु परेका पेय पदार्थहरुका बोतल अब भने रोबोर्टले सजिलै मिलाईदिने भएको छ ।

यसले कन्विनिएंस स्टोरहरुको मानव संसाधन लागत पनि घटाउनेछ भने, स्वतफुर्तरुपमा आफैले फ्रिजका सामानहरु व्यवस्थापन गरिदिने भएकाले सहज हुने अनुमान गरिएको छ ।

धेरै जसो पसलहरू सातैदिन २४ सै घण्टा खुला रहन्छन् जहाँ ३ हजार प्रकारका उत्पादनहरूले भरिएका छन्, तर अपेक्षाकृत थोरै कामदारहरू छन्। पछाडिको पेय पदार्थको तखताहरू रेजी(रजिस्ट्रार)बाट सबैभन्दा टाढा रहने गर्दछन्।

त्यसैले अहिले कामदारहरू अगाडि र पछाडि गर्दै कठिनाईका साथ काम गर्न बाध्य छन् । जसका कारण फ्रिजमा सामानहरु सकिदा पनि थाह नपाउने अवस्था पनि रहने गर्दछ ।

पेय पदार्थहरु पछाडीको फ्रिजमा राखिएकाले त्यहाँ मानिसहरूलाई घण्टौ बस्नको लागि असहज हुने गर्दछ। TX SCARA ले एक दिनमा १ हजार बोतल र क्यानहरू पुन: भण्डारण गर्न सक्छ। यसको आर्टिफिसियल इन्टेलिजेन्स, “गोर्डन”ले, कहिले र कहाँ कुन वस्तुहरु राख्ने भनेर आफै पत्ता लगाउन सक्दछ ।

“हामी मानिसहरूद्वारा गरिएका सबै दोहोरिने कामहरु यसले स्वचालित गर्न सक्दछ।त्यसको लागि सबैभन्दा राम्रो तरिका भनेको रोबोटको प्रयोग गर्नु हो, “प्रमुख कार्यकारी जिन तोमियोकाले भने।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार