जापान। सिजुओका प्रिफेक्चरको हामामाचु सहर हुँदै बग्ने मागोमे नदीको याहागी पुल नजिकै बाढी आएको आउँदा लाखौँ मानिसहरु प्रभावित भएका छन् । जापानी संचार माध्यमहरुमा प्रकाशित खबरहरुका अनुसार, नाका वार्ड, हिगाशी वार्ड, मिनामी वार्ड र हामाकिता वार्ड क्षेत्रका १,७२,६९८ घरपरिवारका ४०८,९३३ मानिसहरूलाई तत्काल सुरक्षाका लागि आपतकालीन रूपमा सुरक्षित स्थानमा सर्न सुचना जारी गरिएको छ।

अहिले त्यहाँ लेभल ५ को जोखिमको स्तर जारी गरिएको छ । जुन उच्चतम सतर्कता स्तर हो, वरपरका भवनहरू तथा घरको दोस्रो तलाहरुमा जानको लागि आह्वान गरिएको छ। आज सिजुओकामा उच्च वर्षा भईरहेको बताईएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार