पोखरा। पोखराको छिनेडाँडामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। पोखरा महानगरपालिका वडा नं –१४ छिनेडाँडा राधाकृष्ण मार्गस्थित घरायसी विवादमा ४६ वर्षीय श्रीमान लोक बहादुर गुरुङले आफ्नै श्रीमती ४४ वर्षीया विमला गुरुङलाई टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले विमलालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उनको अन्दाजी बिहान ११ बजे मृत्यु भएको हो। घटनामा श्रीमान् लोक बहादुर गुरुङ पनि घाइते छन्। प्रारम्भिक अनुसन्धानमा लोक बहादुरले श्रीमतीलाई टाउकोमा खुकुरी प्रहार गरी आफैलाई पेटमा खुकुरी प्रहार गरेको देखिएको छ ।
उनको अवस्था समेत गम्भीर रहेकाले विस्तृत विवरण खुल्न नसकेको उनले बताए । श्रीमती विमला हालैमात्र वैदेशिक रोजगारबाट नेपाल आएको बुझिएको छ । उनिहरुका तीनजना छोराहरु छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




