काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका आफ्नो कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो ।

विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’​

सन्दीपविरुद्ध उजुरी परेको दुईदिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको जनाएको थियो । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ । होटलमा करिब ७ घन्टा बसेर भदौ ६ गते बिहान ६ः४६ मा उनीहरु होटलबाट फकिएको फुटबजमा देखिएको बताइएको छ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि १७ वर्षीय बालिकालाई बलात्कारको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढएको थियो ।

प्रहरीका अनुसार सन्दीपले १७ वर्षीय नाबालिकालाई भदौ पाँच गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेका र सन्दीपले भदौ पाँचमा काठमाडौं लाई राती ११ : ५५ मा काठमाडौं जिल्ला महानगरपालिका ९ स्थित एक होटलमा कोठा नम्बर ३ सय ५ मा राती १२ :२५ मा बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । उक्त जाहेरी भदौ २१ मा प्रहरी बृत गौशालामा परेको थियो ।

प्रहरीले उक्त जाहेरी दरखास्त गरि पिडितलाई एकद्धार संकट ब्यस्वस्थापन केन्द्र मा बिस्तृत स्वाथ्य परिक्षण गराएको थियो । अनुसन्धानका विविध विधी र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी बृत्त गौशालाबाट संयुक्तरुपमा खटिएको प्रहरीले घटना थप अनुसन्धान गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार