पोखरा । पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट दिएर एक महिलालाई ९ जनाको समूहले सामुहिक बलात्कार गरेका छन् । भदौ १४ गते विहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरुले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले कास्की प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएकी छन् ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै पटक पटक बलात्कार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको उनले बताए ।

थप एक जनाको पनि खोजी भइरहेको उनले बताए । पीडित महिलाले १५ गते बेलुकै उजुरी दिएको डिएपी तिवारीले बताए । बलत्कारको आरोपमा ८ जनालाई पक्राउ गरी सकेको र १ जना अझै फरार रहेको उनले बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार