एजेन्सी । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
४२ दिनअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए ।
श्रीवास्तवलाई स्थापित भने कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जले गराएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा ९रिमेक०, आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।
श्रीवास्तवले राजनीतिमा आफ्नो पाइला अघि बढाएका थिए । सन् २०१४ मा कानपुरबाट लोकसभा चुनावमा भारतीय जनता पार्टीबाट टिकट समेत पाएका थिए, तर उम्मेदवार बन्ने प्रस्तावलाई उनले अस्वीकार गरेका थिए । राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




