काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्वितकप्तान सन्दीप लामिछानले आफूविरुद्ध जाहेरी र पक्राउ पूर्जी जारी भएको समाचारले मानसिक रुपमा विछिप्त भएको बताएका छन् ।
भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा अनुसन्धान भइरहेको पुलिसले जनाएको छ । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्देष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । उनले केहि दिनमै स्वदेश फर्कने पनि जनाएका थिए । आइतबार राती सामाजिक सञ्जालमार्फत आफ्नो भावना सार्वजनिक गरेका छन् ।
उनले आफूविरुद्ध परेको उजुरीलाई झुट्टा भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले सत्य तथ्य नबुझी झुट्ट जाहेरी मात्रको आधारमा आफ्नो चरित्रमा गम्भिर आँच आउने जरी समाचार प्रकाशित भएको भन्दै गुनासो गरेका छन् ।घटनाक्रमले मानसिक असर गर्यो र आफू बिरामी अवस्थाबाट गुज्रिन परेको भन्दै सन्दीपले आफू आइसोलेसमा रहेको बताएका छन् । यद्दपी उनले आफू यति बेला कहाँ छन् भन्ने उल्लेख गरेका छैनन् ।
झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले आफू मानसिक र शारीरिक रुपमा प्रभावित गरेर असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउन प्रयासरत रहेको जनाउँदै सन्दीपले भनेका छन्, ‘मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’
आफ्नो अनुपस्थितीमा अपराधि सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरुको आफूले कानूनी लडाँइ लड्ने भन्दै सन्दीपले अगाडि भनेका छन्, मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु ।’ राष्ट्रिय क्रिकेट टोलीका साथ उनी भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




