टोकियो/जापान। जापानमा सन् २०२१ मा आत्महत्या गर्ने महिलाको संख्या अघिल्लो वर्षको तुलनामा ४२ ले बढेर ७,०६८ पुगेको छ । सरकारी तथ्यांक अनुसार यो लगातार दोस्रो वर्षको वृद्धि हो । यस अघि सन २०२० मा पनि अघिल्लो वर्षको तुलनामा बृद्धि भएको थियो ।

यसरी लगातार महिलाहरुको आत्महत्याको घटना बढ्नुमा, कोभिड १९ महामारीको बीचमा देखा परेको मानसिक तनाव र पारिवारिक सम्बन्धमा भएका परिवर्तनहरूको प्रभाव हुनसक्ने स्वास्थ्य मन्त्रालयको अनुमान रहेको छ।

यसैबिच आत्महत्या गर्ने पुरुषको संख्या भने अघिल्लो वर्षको तुलनामा ११६ जनाले घटेर १३,९३९ जना कायम भएको छ । यो लगातार १२ औँ वर्षको सुधार हो । जापानमा सन २०२१ मा आफ्नो ज्यान लिनेको कुल संख्या ७४ ले घटेर २१,००७ मा पुगेको छ।जापानको आत्महत्या दर, प्रति १ लाख व्यक्तिमा १६.७ भने स्थिर देखिएको छ ।यो आत्महत्या दर जि ७ राष्ट्रहरु मध्ये उच्च हो ।

जापान विश्वका धेरै आत्महत्याका घटनाहरु हुने मुलुकको रुपमा रहँदै आएको छ । यद्यपी पछिल्ला केहि वर्षयता भने विगतका तुलनामा केहि सुधार देखिएको छ । यहाँको व्यस्थ र तनावपूर्ण जीवन शैली तथा एक्लोपनाबाट सिर्जित निरासाले यस्ता घटना बढेका अनुमान गर्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार