टोकियो/जापान। जापानको ओकिनावामा पहिलो पटक नेपाल फेस्टिवल आयोजना हुने भएको छ । यस अघि टोकियो, फुकुओका तथा नागोयामा नेपाल फेस्टिवल आयोजना भईसकेको छन् भने पहिलो पटक ओकिनावामा नेपाल फेस्टिवल आयोजना गरिन लागिएको हो ।
ओकिनावावासी नेपालीहरुको संयुक्त आयोजनामा प्रथम ओकिनावा नेपाल फेस्टिवल २०२२ आगामी नोभेम्वर २० तारिख आयोजना गरिन लागिएको आयोजक समितिका सदस्य राहुल शाहले नेपालन्युजपोस्टडटकमलाई जानकारी दिए ।
“One country many stories” (वान कन्ट्री मेनी स्टोरिज)भन्ने नारा सहित नेपाल तथा जापानको सांस्कृतिक झाँकी प्रस्तुती, नेपाली खाना, नेपाली पहिरन, नेपाली सांस्कृतिक, परम्परागत पहिरन तथा सामग्री प्रदर्शनी सहित नेपालको पर्यटन प्रर्वद्धन गर्ने उदेश्य सहित फेस्टिवल आयोजना गर्न लागिएको शाहले जानकारी दिए
प्राप्त जानकारी अनुसार फेस्टिवलमा जापानी समुदायको सहभागीता बढाउन तथा नेपाल जापान सम्वन्धलाई जनस्तरमा थप मजबुत बनाउन जापानी सांस्कृतिक प्रस्तुतीहरु सहित रक्तदान कार्यक्रम समेत राखिने छ । शाहका अनुसार,ओकिनावा नेपाल फेस्टिवलको संयोजनमा ३० जनाभन्दा बढी युवाहरुको सकृयता रहेको छ ।
नेतृत्वमा केहि व्यक्तिहरु मात्रै देखिए पनि करिव ५ हजार नेपालीहरुको बसोबास रहेको ओकिनावावासी सबैको आयोजनामा स्थानिय संघसंस्थाहरुलाई सह आयोजक राखेर फेस्टिवल गरिने तय भएको बताईएको छ । फेस्टिवल ओकिनावाको उमिसोरा कोएन, नाहामा नोभेम्वर २० तारिख आइतबारको दिन बिहान १० बजेबाट साँझ ६ बजेसम्म आयोजना गरिने भएको छ ।
ओकिनावा प्रिफेक्चरमा नेपालको सांस्कृतिक चिनारी सहित पर्यटन प्रर्वद्धनको लागि यस्ता कार्यक्रम हालसम्म नभएकाले ओकिनावावासी सबै नेपाली र जापानवासी नेपालीहरुको साथ र सहयोग पाउने आयोजकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




