टोकियो/जापान।प्रधानमन्त्री किशिदाले नयाँ व्यापक आर्थिक उपायहरू कार्यन्वयनबारे राय संकलन गर्न टोकियोस्थित साना तथा मझौला उद्यम एवं किनमेल बजार क्षेत्रहरुको भ्रमण गरेका छन् ।
यस प्रत्यक्ष भ्रमण पश्चात कोरोना माहमारी,पेट्रोलियन पदार्थहरुको मूल्यवृद्धि एवं येनको अवमुल्यनका कारण खस्किएको व्यापारका लागि सहयोगी उपायहरू बारे विचार गर्ने संकेत गरेका छन् ।
आज (१५ तारिख)दिउँसो प्रधानमन्त्री किशिदाले टोकियोको मेगुरो वार्डमा रहेका साना तथा मझौला धातु प्रशोधन गर्ने कम्पनीको भ्रमण गरेका थिए ।ति उद्योग संचालकहरुले ऊर्जाको मूल्य वृद्धि व्यवस्थापनका लागि ठूलो चिन्ताको विषय भएको बताइएका थिए ।
त्यस्तै सिनागावा वार्डमा रहेका बजार क्षेत्रका व्यापारीहरुले कर्मचारीहरुको बढ्दो लागत तथा कोरोना महामारीका कारण खस्किएको व्यापारले आफुहरु चेपुवामा परेको बताएका थिए । निरीक्षणपछि प्रधानमन्त्री किशिदाले पत्रकारहरूसँग भने, ‘साना तथा मझौला उद्योगहरूले आफ्नो प्रविधि र रोजगारी जोगाउन संघर्ष गरिरहेको गुनासाहरु सुनेको छु ।
व्यवसायीहरुको यस्तो अवस्था देख्दा मलाई असहज महसुस भएको छ ।यि सबै समस्याहरुको सम्बोधन नयाँ वृहत आर्थिक प्याकेजमा समेट्ने छौँ।” विद्युत् महसुलको बोझ घटाउने सम्बन्धमा उनले भने-‘घरपरिवारका लागि विद्युत् महसुलमा सहयोग गर्नुका साथै व्यवसायका लागि पनि सहयोगको तयारी दृढताका साथ गर्नेछौँ ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




