टोकियो/जापान।जापान तुलनात्मकरुपमा सुरक्षित मुलुक भएको कुरा सबैलाई थाह छ । तर जापानका समाचारहरु हेर्ने गर्नुहुन्छ भने,बाहिरबाट हामीले जति सुरक्षित देश मानिरहेका छौँ,त्यति सुरक्षित पनि छैन।

यहाँ दैनिक करोडौँको ठगी तथा लुटपाटका साथै विनाकारण हत्याका घटनाहरु घटाईएका खबरहरु सार्वजनिक हुने गर्दछन् । यस्तै ओसाकामा यहि अक्टोबर १३ तारिख,एक घरमा ढोकाको घण्टी बजाएर, ढोका खोलिन साथ जबर्जस्ती घरभित्र प्रवेश गरि धारिलो हतियार देखाउँदै ३ करोड जापानी येन लुटिएको छ।

जापानी संचार माध्यममा प्रकाशित खबरका अनुसार, ३ जनाको समूहले एउटा घरमा पसी,एक महिलालाई चक्कु देखाएर धम्की दिई घरमा रहेको ३ करोड येन भएको पैसा राख्ने बाकस नै लुटेर भागेका हुन् ।

१३ तारिख ओसाकाको मोरिगुची सहरको एउटा घरमा कसैले इन्टरकमको घण्टी बजायो र सो घरमा बस्ने ७५ वर्षीया महिलाले ढोका खोल्दा ३ जनाको अपरिचित समूह जबरजस्ती घरभित्र छिरे ।

प्रहरीका अनुसार ति तीनै जनाले महिलाको हात खुट्टा कपडाले बाँधेर करिब ३ करोड येन नगद रहेको बाकस चोरेर फरार भएका थिए । ति लुटेरहरुले ति वृद्धको हातखुट्टा बाँधेर,चक्कु देखाएर आवज ननिकाल्न धम्की दिएका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार