टोकियो/जापान । जापानमा कर्पोरेट टाट पल्टिने (आर्थिक अवस्था खराब भई कम्पनी बन्द हुने) हरुको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्षको अप्रिल-सेप्टेम्बर अवधिमा ६.९ प्रतिशतले बढेर पछिल्लो ३ वर्षकै उच्च संख्या कायम भएको छ।

क्रेडिट अनुसन्धान कम्पनीको सर्वेक्षण अनुसार सो अवधीमा ३,१४१ वटा कम्पनीहरु टाट पल्टिएका छन् । टोकियो शोको रिसर्चका अनुसार कोभिड-१९ महामारीको कारण सरकारबाट प्राप्त गरेको आर्थिक सहायता तिर्न कठिनाइ भोग्नुपरेको कारणले गर्दा यसरी टाट पल्टिने कम्पनीहरुको संख्या वृद्धि भएको हो।

टोकियो शोको रिसर्चका एक अधिकारीले भने- “अमेरिकी डलर र अन्य प्रमुख मुद्राहरूको तुलनामा येनको कमजोरीले बढाएको उच्च कच्चा पदार्थको लागतका कारण अगस्टदेखि दिवालियापनको केसहरू बढ्दोक्रममा देखिरहेको छ।”

टाट पल्टिएका कम्पनीहरूले छोडेको कुल दायित्व छ महिनाको अवधिमा तीन गुणा बढेर १.७४ ट्रिलियन येन मा पुगेको छ । यो विचमा केहि कम्पनीहरुले नागरिक पुनर्स्थापना कानुन अन्तरगत सुरक्षित अवतरणको प्रयास पनि गरेका छन् ।

उद्योगगतरुपमा हेर्ने हो भने यातायात क्षेत्रले १६२ वटा दिवालिया घटनाहरू सार्वजनिक गरेको छ। यातायात क्षेत्रका उद्योगहरु ईन्धनको बढ्दो लागतका कारण संचानल गर्नै नसक्ने अवस्था पुगेका हुन् ।त्यस्तै घर जग्गा क्षेत्रले १०४ वटा दिवालियाका घटनाहरु सार्वजनिक गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले घटेको हो । यस वर्षको होक्काईदो तथा क्योतो लगायतका २९ प्रिफेक्चरहरुमा टाट पल्टिनेहरुको संख्या बढेको छ भने,ओसाका एवं हिरोशिमा लगायतका १६ वटा प्रिफेक्चरहरुमा भने घटेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार