कानागावा/जापान। एक जूनियर हाईस्कुलकी छात्रालाई आत्महत्या गर्न सहयोग गरेको आशंकामा एक जना २८ वर्षिया युवकलाई कानागावा प्रिफेक्चरल प्रहरीले पक्राउ गरेको छ।
जापानी संचार माध्यमहरुका अनुसार गत महिनाको २९ तारिख कानागावा प्रिफेक्चरको सागामिहारामा पुलबाट हाम फालेर एक जुनियर हाईस्कुलकी छात्राले आत्महत्या गरेको र ति स्कुले विद्यार्थीलाई आत्महत्याको लागि सहयोग गरेको आशंकामा कानगावा प्रान्तीय प्रहरीले एक कम्पनी वर्कर २८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
बालिकाको शव सेप्टेम्बर २९ तारिख सागामी ताल नजिकैको खोलामा फेला परेको थियो। प्रहरीका अनुसार अभियुक्त युया नोजाकी साईतामा प्रिफेक्चरको साईतामा सहरमा बस्ने कम्पनीमा कार्यरत कर्मचारी हुन् ।
योकोहामामा बस्ने नोजाकी र युवतीबीच सामाजिक सञ्जाल साइटमा चिनजान भएको थियो । जानकारी अनुसार उनिहरुबिच चिनजान भएको सामाजिक संजालमा मानिसहरूले आत्महत्याको सोचाइ रहेको सङ्केत गर्दै टिप्पणीहरू सहितका पोस्ट गर्ने साईट थियो ।
नोजाकीले ती युवतीलाई सेप्टेम्बर २० मा साईतामा सहरमै भेटेको हुनसक्ने अनुमान गरिएको छ ।२३ सेप्टेम्बरको राती उनलाई सगामिहारा शहरको मिदोरी वडाको पहाडमा लिएर गएको र युवतीले त्यहिको एक पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
केटीका अभिभावकले सेप्टेम्बर २१ मा उनी हराएको रिपोर्ट गरेपछि प्रहरीले खोजी गर्नेक्रममा ति युवतीलाई पहाडतर्फ लिएर जाँदै गरेको सडक क्यामेराको फुटेज फेला परेको थियो। पक्राउ पश्चात,ति युवाले युवतीलाई कसरी आफ्नो ज्यान लिने भन्नेबारे सुझाव दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ । नोजाकीलाई सेप्टेम्बर २७ मा एक नाबालिग अपहरण गरेको अभियोगमा पक्राउ गरिएको थियो भने सोमबार आत्महत्यामा सहयोग गरेको अभियोग पनि थप गरि आवश्यक अनुसन्धान अघि बढाईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




