टोकियो/जापान। उड्ने कार निर्माण गर्दै आएको अमेरिकी “जब्बी एभिएसन” जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयमा सुरक्षा प्रमाणित गर्न टाइप प्रमाणीकरणको लागि आवेदन दिएको छ ।

यसरी आवेदन यस प्रकारको प्रमाणिकरणका लागि आवेदन दिने यो पहिलो विदेशी कम्पनी हो। अहिले प्रमाणिकरणको लागि आवेदन दिईएको उड्ने कार इलेक्ट्रिक टाईपको पाँच-सीट क्षमता भएको कार हो । यसको अधिकतम गति लगभग ३२० किलोमिटर प्रति घण्टा छ भने २४० किलोमिटर लगातार उडान भर्न सक्नेछ ।

अमेरिकी कम्पनी जब्बी एभिएसनले टोयोटा मोटर कर्पोरेशनको आर्थिक सहयोगमा यो उड्ने कारको विकास अगाडि बढाएको हो । हाल निर्माण तहको काम सक्किएर उडान सुरक्षा प्रमाणिकरणको क्रममा रहेको छ ।

यसको निर्माणमा यस वर्षदेखि जापानको एएनए होल्डिंग्सले पनि सहकार्य गरिरहेको छ । यस पटक सो कम्पनीले विदेशी कम्पनीका रूपमा पहिलो पटक हामीले जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयमा सुरक्षा प्रमाणित गर्न टाइप प्रमाणीकरणका लागि निवेदन दिईएको हो ।

भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्री साईतोले सम २०२५ मा ओसाका/कन्साई एक्सपोमा उड्ने कारहरू सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक पहलहरू प्रवर्द्धन गर्ने बताएका छन् ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार