नागोया/जापान। स्याङ्जा समाज जापान नागोया क्षेत्रीय समितिले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

नागोयमा सक्रिय नेपाली संस्था पहिचान बनाउन सफल स्याङ्जा समाज जापान क्षेत्रीय समिति नागोयाले आउँदो नोभेम्बर २७ तारिख आईतबार रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

कोरोना महामारी संगै विश्वव्यापीरुपमा बढेको रक्त अभावको समस्याबाट जापान पनि अछुतो छैन । यहि क्रममा जापानमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले यहाँ रेडक्रस सोसाइटीहरुसंग संयोजन गर्दै रक्तदान कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । अन्य विभिन्न पृथक कार्यक्रमहरु आयोजना गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल समाजले यस पटक यो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्न लागेको हो ।

“अहिले महामारीका कारण विश्वभर रगतको अभाव भईरहेको समयमा हामीले दिएको रगतले कसैले जीवनदान पाउन सक्छन् भने किन नगर्ने भनेर यो कार्यक्रम आयोजना गरेका हौँ”समाजका अध्यक्ष निसान रानाले बताए । त्यस्तै समाजका महासिचव मनोज ढुंगानाका अनुसार नागोया क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु रक्तदानका लागि ईच्छुक देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार