टोकियो/जापान । निरन्तर ओरालो लागेको जापानी येनको भाउ शुक्रबार थप तल्लो स्तरमा झरेर कारोबार भएको छ । आज विदेशी मुद्रा विनिमय बजारमा स्थायीरुपमा प्रति डलर १५०.१७ येनको दरमा कारोबार हुन पुग्यो । यो सन १०९० अगस्टपछिकै सर्वाधिक गिरावट हो ।

जापान र अमेरिकाको ब्याजदरमा देखिएको भिन्नताका कारण यस वर्षको सुरुवातदेखि नै लगानीकर्ताहरु डलरतर्फ आकर्षित हुँदै गर्दा जापानी येन ऐतिहासिक स्तरको कमजोर बन्दै आएको छ । पछिल्लो समय अमेरिकी केन्द्रिय बैंक फेड्रल रिजर्वले मुलुकमा रोजगारी सिर्जना राम्रो भएको तथा मुद्रास्फीति घटेको विवरण पेश गर्दै व्याजदर थप बढाएपछि जापानी येनको मूल्य थप ह्रास हुन पगेको हो ।

जापानी येनको अपत्यारिलो गिरावटका कारण निरन्तर आलोचना खेप्दै आएको यस सरकार तथा जापानको केन्द्रिय बैंक बैंक अफ जापान(日銀)ले अवमुल्यन रोक्न गत महिना लामो अन्तराल पछि पहिलो पटक मुद्रा बजारमा हस्तक्षेप गर्दै जापानी येन किनेर डलर बेच्ने प्रयास पनि गरेको थियो । त्यस प्रयासका बाबजुद पनि जापानी येनको गिरावट भने रोकिन सकेन ।

यसैबिच,जापानका केन्द्रिय बैंकका गभर्नर कुरोदाले उचित नीति अंगिकार गर्न नसकेकाले येनको भाउ घटेको भन्दै प्रतिपक्षि दलहरुले गभर्नरको राजिनामा समेत माग गरेका थिए । यद्यपी,येन ऐतिहासिक कमजोर भएको देखिएता पनि अर्थतन्तत्रका रोजगारी,आम्दानी तथा वास्तविक उपभोक्ता लागत जस्ता सुचकहरु राम्रो रहेको भन्दै कुरोदाले आफुले अहिले राजिनामा नदिने अडान राखेका छन् ।

जापानी येनको अवमूल्यनले जापानको समग्र दैनिकीलाई पुराणरुपमा असर त पुर्याएको छ नैँ,त्यसमा पनि जापानबाट नेपाल रेमिट्यान्स पठाउनेहरु थप चर्को आर्थिक बोझमा परेका छन् । आज १ लाख नेपाली रुपैँया रेमिट्यान्स जम्मा गर्न १ लाख १५ हजार ६ सय ४० येन जम्मा गर्नुपर्नो भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार