टोकियो/जापान।केहि महिनायता निरन्तर हरेक दिन ऐतिहासिक कमजोर देखिँदै आएको जापानी येन हिजो(अक्टोबर २१ )अत्याधिक कमजोर बिन्दुमा पुगेसंगै पुनःबलियो हुने लक्षण देखिएको छ ।
विदेशी मुद्रा बजारमा, येन २१ तारिखको रातमा अमेरिकी डलरको माथिल्लो १५१ येन स्तरमा द्रुत रूपमा अवमूल्यन भएपछि, येनको विनिमय दर अचानक फेरि प्रति डलर १४४ येनको स्तरमा उक्लिएको छ। जापान सरकार र बैंक अफ जापानले डलर बेचेर येन किनी बजारमा हस्तक्षेप गर्ने निर्णय गरेको जस्तो देखिएको छ ।
२१ तारिख टोकियो विदेशी मुद्रा विनिय बजारमा येन अमेरिकी डलरको तुलनामा अस्थायी रुपमा १५१. ९० को स्तरसम्म पुगेको थियो । यो अत्यन्तै निराशा लाग्दो गिरावट थियो । गत महिनाको २२ तारिख पनि जापान सरकार तथा बैंक एफ जापानले बजारमा हस्तक्षेप गरेको थियो ।
निरन्तर अत्यन्तै कमजोर स्तरमा झरेको जापानी येन हिजोको पछिल्लो कारोबार समयतिर बढेर एकैदिन ७ येन सुधार भएको देखिएको छ । यो सुधार थायी हो या अस्थायी भन्ने अब सोमबारको बजारले देखाउनेछ ।
तर बजार येनको भाउ बढाउने कुनै छोस कारण नदेखिएको समयमा एका/एक येन बलियो हुनुमा सम्भवतः सरकारले फेरि बजारमा हस्तक्षेप गरेको हुनसक्ने अनुमान गरिएको छ ।
नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार