टोकियो/जापान। जापानमा कामका कारणले गर्दा मानसिक समस्या भई क्षतिपूर्ति लिनेहरुको संख्या पछिल्लो एक दशकयता ६० प्रतिशत बढेको छ । अध्ययन प्रतिवेदनमा जनाईए अनुसार यसरी काम तथा कार्यस्थलका कारण मानसिक समस्या झेल्नेहरुमा ८० प्रतिशत महिलाहरु रहेका छन् ।

जहाँ कार्यस्थलमा हुने यौनजन्य हिंसाका कारण मानसिक समस्या भोग्नेहरुको संख्या उच्च छ । सन् २०११ को मार्चमा समाप्त भएको आर्थिक वर्ष २०१० मा डिप्रेसन र अन्य मानसिक समस्याका कारण कामसँग सम्बन्धित रोगका ३०८ घटनाहरू थिए।

तर अहिले हालसालै मन्त्रिपरिषद्ले अनुमोदन गरेको कागजका अनुसार आर्थिक वर्ष २०१९ मा यो संख्या बढेर ५०९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नियम तथा कार्यशैली सुधार पछि श्रम समस्याहरू बारे जनचेतना बढेकाले यस्ता घटनाहरुको उजुरी बढ्न पुगेको हो ।

तर वास्तविकरुपमा भने अहिले कार्यस्थलमा यस्ता खालका मानसिक तनाव नबढोस्,सबै कामदारहरुको मानव अधिकार सुनिश्चित होस भनि विभिन्न प्रभावकारी नियम तथा उपायहरु कार्यन्वयन भएकाले अवस्था विगतका तुलनामा सुधार भएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार