जापान । देशमा आर्थिक तथा राजनीतिक अस्थिरताले गर्दा आम युवाहरुको लागि वैदेशिक यात्रा परिवारको सपना साकार पार्ने प्रमुख गन्तव्य बनेको छ।केहि नेपाली दाजुभाई तथा दिदिबहिनीहरु फरक उद्देश्यका साथ विदेशको यात्रा तय गरेपनि धेरै जसोको बाध्यता भने उहीँ नै रहेको देखिन्छ।
हाम्रा महानचाडपर्वहरु भित्रिदै गर्दा कैयौँ परिवारमा आर्थिक अभावकै कारण केहि ऋण खोजेर भएपनि गुजारा चलाउनु पर्ने अधिकांशको बाध्यता रहेको हुन्छ। हाम्रो समाजमा हरेक परिवारमा हेर्ने हो भए वैदेशिक भुमिमा नगएको सदस्य परिवार विरलै भेटिने गर्दछ। देशको उच्च शिक्षाको शैक्षिक प्रमाण पत्र प्राप्त गरेपनि विभिन खाडी मुलुकमा सस्तो मुल्यमा पसिना बगाउन बाध्य हुनुपर्ने आमयुवाहरुको बाध्यता रहेको छ।
भुकम्प को तहसनस अनि भारतले नेपाल प्रति गरेको नाकाबन्दीको कारण देशको कमजोर आर्थिक अवस्थाले मलाई पनि वैदेशिक भुमिको यात्रा तय गर्ने मनस्थिति बनायो र आजभन्दा करिब ८ वर्ष अघि जापान प्रवेश गरियो । त्यतिबेला देखि नै दशैँ तिहारमा टिका लगाउन त टाढाको कुरा नै रह्यो बिदा सम्म पनि लिने मौका मिलेको छैन यो मेरो मात्र नभएर तमाम नेपालीहरुको यस्तै समस्या रहेको हुन सक्छ।
जब महान चाडवर्वहरु नजिक आउछन सङ्गै परिवार , आफन्त अनि बाल्यकालका साथिहरुको याद पनि निकै आउने गर्छ र आफुलाई पनि जाउँ जाउँ जस्तो भान हुन्छ तर परदेशीहरुको आफ्नै बाध्यता हुदोँ रहेछ।बिहान उठेर काम गयो साझ्ँ घर परिवार सँग भिडियो कलमा कुरा गर्नु बाहेक अरु केहि विकल्प नहुँदो रहेछ तर यसैमा नै आफुलाई खुशि बनाउनु पर्दो रहेछ।
परदेशीहरुलाई न कहिल्यै पैसाले पुग्ने! न कहिल्यै चाड पर्व आउने न कहिल्यै आफ्नो सपना पुरा हुने परिवारको खुशिको लागि हिड्दा हिड्दै कति बेला जिवनको पाइलामा ठेस लाग्छ भन्ने कुरा नै पत्तो नहुदो रहेछ। केहि २/४ पैसा जम्मा गरेर स्वदेश फर्किने सपना बोकेर मुग्लान पसेका केहि नेपालीहरुको सपना सपनामै सिमित रहने गरेको पनि देखिन्छ।
वैदेशिक यात्रा हामीले सोचेजति सजिलो पनि छैन आफ्नो क्षमता अनुसार धेरै अवसरहरु हुदाँहुदैँ पनि केहि चुनौतीहरु पनि रहेका छन। धेरै जसो व्यक्तिहरु पैसाले सम्पन्न भएपनि सन्तुष्टि भएको पाइदैँन घरमा बुवाआमा बिरामी हुदाँ अस्पताल सम्म लिएर जान बाहिरी ब्यक्ति खोज्नुपर्ने अवस्था हुन्छ।
लाखौं युवा घरमा बुढाबुढी भएका बुवाआमा श्रीमती र कलिला बालबच्चाहरूको लागि महल बनाउने आसमा सानो झुपडीमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छन्। काठमाडौंको त्रिभुवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा बगाउँदै सुक्कसुक्क रुँदै परदेशी बनेका युवाहरूको पीडा देख्दा जो कोही देशभक्त नागरिकको हृदय धुजाधुजा बनेर चिरिन्छ।
आँखामा पीडा, वेदनाका आँसु छचल्किन्छन्। “ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” देश बनाउने जिम्मेवारी बोकेको काँधले परिवारको सपना पुरा गर्न आखाँ बाट गहभरी आशु बगाउँदै विदेशिभुमिमा जान बाध्य हुनुपर्ने हामी नेपालीहरुको बाध्यता रहेको छ। हरेक नेपालीहरुमा राष्ट्रप्रति मातृत्व भाव हुँदाहुँदै पनि बेरोजगारीको समस्याले देश छोड्न बाध्य बनाईदिएको छ।
त्यसैले प्राण भन्दा प्यारो मानिने जन्मभूमिको जति बयान गरे पनि आफैमा अपुरो हुन्छ। वैदेशिक भुमिको एउटा कोठाको भित्तामा देशको झण्डा, नक्सा अनि ढाका टोपि सजाएर आफ्नो राष्ट्र प्रतिको भाव दर्साउनु परेको छ।बेला बेलामा अकस्मात घटेका मृत्युका समाचारहरु सुन्दा त मन पुरै भावविह्वल नै हुने गर्दछ। परिवारको सपना साकार सङ्गै खुशिको लागि हिड्दा हिड्दै अस्ताएका ति आत्माहरु पक्कै पनि परिवारको जिम्मेवारबाट भाग्दैन होला जस्तो भान हुन्छ।
देशमा उच्च शिक्षाको अध्ययन सकेर सर्टीफिकेटलाई अर्थहिन कागजि पानाको रुपमा स्विकार गर्दै खाडी मुलुकमा जानुपर्ने युवाको बाध्यताले साच्चै देशको शिक्षा प्रणालीलाई नै खिल्लि उडाइरहेको छ। सरकारले विभिन्न देशहरुमा रहेका युवाहरुलाई स्वदेशमै लगानि गरेर आत्मनिर्भर हुने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ।
विदेशि भुमिमा रहेका युवाहरुलाई आफ्नै देशमा आएर आफुले जुन क्षेत्रबाट शिक्षा तथा सीप हासिल गरेको छ सो लाई आफ्नै देशमा आएर कर्म थलो तथा लगानीको क्षेत्रमा काम गर्न पाउने वातावरण बनाइदिनु पर्ने सरकारको दायित्व पनि हो।
जसरी विदेश पलाएन हुने युवाहरुको लहर बढिरहेको छ जसले देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको मागलाई शुन्यतामा लिएर जाँदैछ। त्यसैले सरकार तथा विज्ञहरुले यस विषयमा छिटो भन्दा छिटो केहि नयाँ नीतिहरु ल्याएर विदेशि भुमिमा जाने त्यो जनशक्तिलाई आफ्नै देशमा रोक्नुपर्ने आवश्यक रहेको छ।
कहिलेकाहीँ सोच्न पनि मन लाग्छ यि चाडपर्वहरु आउनु भन्दा नआएकै राम्रो।नेपाल जान खोज्यो कहिले बिदा मिल्दैन, कहिले आर्थिक अवस्था मजबुत हुदैन खाली मनलाई फुरुङ्ग बनाउँछ नेपाल जाने सपना देखाईदिन्छ अनि यो मन झसङ्ग बनाईदिन्छ तर आफु काम गयो आयो चाडपर्व सङ्गै परिवार ,आफन्त साथिभाई सम्झिएर बस्यो यसैगरी मनाइन्छ बिदेशि भुमिमा चाडपर्व।
मोहन कुवर सत्यवती -२, गुल्मी (हाल जापान ओसाका)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




