जापान। जापान अष्ट्रेलिया शिखर सम्मेलन र अन्य कार्यक्रमका लागि अष्ट्रेलियाको भ्रमणमा रहेका जापानी प्रधानमन्त्री किशिदा कार्यतालिका पूरा गरी आज(२३ तारिख) बिहान जापान फर्किएका छन्।

अष्ट्रेलियाको पश्चिमी तटीय सहर पर्थको भ्रमणमा रहेका प्रधानमन्त्री किशिदाले २२ तारिख प्रधानमन्त्री अल्बानिजसंग भेटवार्ता गरेका थिए । सो अवसरमा दुई नेताहरूले सुरक्षा सहयोगसम्बन्धी नयाँ संयुक्त घोषणापत्रमा हस्ताक्षर पनि गरेका छन् ।

यो सम्झौताले, चीन र अन्य देशहरूलाई ध्यानमा राखेर जापान र अष्ट्रेलिया तथा वरपरको क्षेत्रलाई असर गर्न सक्ने आपतकालीन अवस्थामा उनीहरूले पारस्परिक रूपमा प्रतिकार गर्ने उपायहरूबारे क्रमिकरुपमा विचार गर्दै योजनाहरु बनाउन बाटो खुल्ला गर्ने अपेक्षा गरिएको छ ।

साथै, सो शिखर बैठकमा उनीहरूले प्रशान्त महासागरका टापु राष्ट्रहरूसंगको सम्बन्धलाई मजबुत बनाउन तथा आफ्नो आणविक र क्षेप्यास्त्र विकासलाई अगाडि बढाइरहेको कोरियाको परिस्थितिसँग जुध्न एवं युक्रेनलाई सहयोग प्रवर्द्धन गर्न सहमत भएका छन्।

जापानी प्रधानमंत्रीको यस पटकको अस्ट्रेलिया भ्रमण तथा सुरक्षा सहयोग सम्बन्धि नयाँ सम्झौताले स्वतन्त्र ईन्डो प्यासेफिक क्षेत्रलाई कायम राख्न एवं बढ्दो चिनियाँ सामरिक शक्तिलाई चेतावनी दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार