नेपालगन्ज । बाँकेको कोहलपुर–१३ मा एक दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । कोहलपुर नगरपालिका–१३ का ६० वर्षीय डम्बर बोहरा र उनकी श्रीमती ५७ वर्षीया पार्वती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था मृत फेला परेका हुन् ।

गत ८ गतेबाट हराइरहेका उनीहरु आइतबार मध्याह्न कोहलपुर–१३ को सिम्रीको झाडीमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए ।

शवको प्रकृति हेर्दा केही दिन पहिले नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार