टोकियो/जापान। जापानमा सेकेन्ड ह्यान्ड होम अप्लाइन्स (घरयासी विद्युतीय उपकरणहरु) को लोकप्रियता बढ्दै गएपछि एनआईटीई (नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इभ्यालुएसन) र अन्यले सावधानी अपनाउन आह्वान गरिरहेका छन् ।

किनकि,यस्ता सेकेन्ड ह्याण्ड उपकरणहरुको प्रयोगका कारण वर्षेनी हज्जारौँ दुर्घटनाहरु हुने गरेका छन् ।जसमा सयौँको संख्या ठूला आगलागी तथा मानिसहरुको जिउज्याननै गएको घटनाहरु पनि छन् ।

यस पुनः प्रयोग गरिएका घरेलु उपकरणहरूको प्रयोगका कारण आगलागीजस्ता दुर्घटनाहरू जापानै भर एकपछि अर्को भइरहेका छन् । त्यसै सेकेन्ड सामानहरु किन्दै हुनुहुन्छ भने विशेष ख्याल गर्नुहोला ।

एनआईटीईका अनुसार विभिन्न अनलाईन मार्केट तथा एप्सहरुका कारण पछिल्ला वर्षहरुमा यस्ता सेकेन्ड घरयासी उपकरणहरु (टिभि,रेफ्रिजेरेटर,माक्रोवेव ओभन, राईस कुकुर, कम्प्युटर,स्मार्ट फोन आदि) को प्रयोग संख्या बढ्दै गएको छ।

विगत पाँच वर्षमा यस्ता उपकरणहरुका कारण २७९ दुर्घटनाहरु रेकर्ड भएका छन् जसमध्ये ८० प्रतिशतभन्दा बढी आगलागी भएका छन् । यसरी दुर्घटना हुनेहरुमा उत्पादनको आधारमा, कम्प्युटरहरू सबैभन्दा धेरै प्रयोग भईरहेका छन् त्यसपछि फ्रिज, वासिङ मेसिन तथा इलेक्ट्रिक स्टोभहरू रहेका छन् ।

प्रयोग गरिएका उत्पादनहरू किन्दा र बेच्दा, एनआईटिईले विक्रेता र खरिदकर्ता दुवैलाई तिनीहरू प्रयोग गर्न सकिने अवधी भित्रका छन् या छैनन् ? अनुमानित प्रयोग अवधी सकिन कति समय बाँकी छ ? बिग्री हाल्ने जोखिम छ या छैन भनि भनी पुष्टि गर्न आग्रह गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार