टोकियो/जापान। जापानी रक्षा मन्त्रालयले आज (३ तारिख)बिहान उत्तर कोरियाबाट जापान सागरतर्फ पटक/पटक मिसाईल प्रहार गरेको बताएको छ । प्रधानमन्त्री किशिदाले पनि ति मध्ये एउटा मिसाईल भने शक्तिशाली (ICBM )अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हुनसक्ने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मन्त्रिस्तरीय बैठकमा सहभागी भइसकेपछि रक्षामन्त्री हमादाले बिहान १० बजेपछि रक्षा मन्त्रालय प्रवेश गर्दा पत्रकारसँग भने, ‘ थुप्रै मिसाईलहरु प्रक्षेपण भएकाले म तिनिहरुको राम्ररी विश्लेषण गर्न चाहन्छु।”जापानलाई यस वर्षको सुरुवातदेखिनै उत्तरकोरियाको आणविक परिक्षणले सुरक्षा चुनौती दिँदै आएको छ ।

केहि बेर अघि मात्रै सम्पन्न राष्ट्रिय सुरक्षा परिषदको बैठकमा प्रधानमन्त्री किशिदा, मुख्य मन्त्रिपरिषद् सचिव माचुनो र रक्षामन्त्री हमादा सहभागी भएको र हालसम्म प्राप्त जानकारीका सम्बन्धमा प्रतिवेदन लिएर भावी प्रतिक्रियाबारे छलफल भएको जनाइएको छ ।

रक्षा मन्त्रालयले ३ तारिख बिहान ७:४० बजे उत्तर कोरियाबाट जापान सागरको दिशामा ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरेको घोषणा गरेको छ ।ती मध्ये एउटा मध्यदेखि लामो दुरीको ब्यालेस्टिक मिसाइल हो जसको उचाइ करिब २ हजार किलोमिटर र करिब ७५० किलोमिटरको उडान दूरी रहेको र यो जापानको सागरमा खसेको बताईएको छ ।

यो मिसाईल बाहेक उत्तर कोरियाको पश्चिमी तटबाट बिहान ७:४० बजेतिर प्रक्षेपण गरिएको अर्को मिसाईल जापानी द्वीपसमूहभन्दा बाहिर उड्न सक्ने क्षमता भएको पत्ता लागेको थियो ।यो मिसाईल आकासमै हराएको पुष्टि भएकाले यसलाई सच्याइएको बताइएको छ ।

आज बिहानदेखि अहिलेसम्म कम्तिमा पनि ३ वटा मिसाईलहरु प्रक्षेपण भएको बताईएको छ । उत्तरकोरियाको मिसाईल प्रहारबाट जापानको सुरक्षा निकाय तथा जापान सागर आसपासका बासिन्दा एवं समुद्री व्यवसायहरुमा संलग्नहरुलाई त्रसित बनाएको छ ।

आज जापान सरकारको स्वचालित सुरक्षा जानकारी प्रणाली जेअलर्ट विभिन्न प्रान्तहरुमा जारी भएको छ । जापानको यामागाता मियागी तथा निगाता प्रिफ्क्चरहरुका बासिन्दाहरु सतर्क रहन आग्रह गर्दै, शंकास्पद वस्तु भेटिए तुरुन्त प्रहरी अनँ आपतकालिन उद्दार विभागमा फोन गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार